शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीमा मानव अधिकारको अवस्थाबारे अन्तरक्रिया
म्याग्दीमा मानव अधिकारको अवस्थाबारे अन्तरक्रिया
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, असार ३०, २०८१
IMG_8378
म्याग्दी । राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च (मानवअधिकार एलायन्स) जिल्ला शाखा, म्याग्दीले शनिवार २५औं स्थापना दिवस मनाएको छ । मानवअधिकार एलायन्स म्याग्दी शाखाको आयोजनामा स्थापना दिवसको अवसर पारेर म्याग्दी जिल्लामा मानव अधिकारको अवस्थाबारे अन्तत्र्रिmया र छलफल गरिएको हो । स्थापना दिवसको अवसरमा आयोजित अन्तत्र्रिmया कार्यक्रममा मानवअधिकार एलायन्सका केन्द्रीय सदस्य एवं म्याग्दी इन्चार्ज दिलमाया बिटालुले एलायन्सको स्थापना, उद्देश्य, पृष्ठभूमी र म्याग्दीमा मानव अधिकारको अवस्थाबारे तथ्याङ्कलगायत विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । यसैगरी कार्यक्रममा महिला मानवअधिकार रक्षक सञ्जालका जिल्ला अध्यक्ष रेखाकौशल रेग्मीले म्याग्दीमा मानव अधिकारको अवस्था र महिला अधिकारबारे कार्यपत्र पेश गर्दै आफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य हरिकृष्ण श्रेष्ठले स्थापना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रमले मानव अधिकारको संरक्षण र न्यायका लागि बहस सिर्जना भएको बताउनुभयो । उहाँले अहिले विश्व समुदाय दुईवटा विचार पुँजीवाद र समाजवाद वा साम्यवाद भनेर विभाजित भैरहेको अवस्थामा मानव अधिकारको प्रत्याभूति र संरक्षण गर्नुपर्ने बताउनुभयो । सोही कार्यक्रममा बोल्दै एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले संविधानले मौलिक हकमा धेरै व्यवस्था गरेको भए पनि राज्यको सामथ्र्य हुन नसक्दा कार्यान्वयनमा समस्या भैरहेको बताउनुभयो । कार्यक्रममा मानवअधिकार एलायन्स म्याग्दीका पूर्व अध्यक्ष घनश्याम खड्का र पर्वत जिल्ला सदस्य एवं जलजला गाउँपालिका इन्चार्ज जीवन मल्लले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा एमाले म्याग्दीका सचिव थमसरा पुन तथा जिल्ला समन्वय समितिका उपप्रमुख डिलकुमारी खत्रीको विशेष उपस्थिति रहेको थियो । म्याग्दीमा मानव अधिकारको अवस्थाबारे तथ्याङ्कमाथि बहस र छलफल गरिएको कार्यक्रम एलायन्सका जिल्ला अध्यक्ष कमला बानियाँ थापाको अध्यक्षता, उपाध्यक्ष भीमबहादुर रिजालको स्वागत र सहसचिव तेजकुमारी बानियाँको सञ्चालनमा सम्पन्न भएको थियो । मानवअधिकार एलायन्समा गैरसरकारी संघसंस्था, युवा क्लब, आमा समूहलगायत आबद्ध रहेका छन् ।
प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १४:४२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP