शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • न्युजिरल्याण्डमा नेपाली दुतावास खोल्न परराष्ट्रमन्त्रीलाई लाई ज्ञापनपत्र
न्युजिरल्याण्डमा नेपाली दुतावास खोल्न परराष्ट्रमन्त्रीलाई लाई ज्ञापनपत्र
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, साउन १४, २०८१
nrn newzerland gyapan
म्याग्दी ।गैरआवासीय नेपाली संघ न्युजिरल्याण्डले नेपाली दुतावास स्थापनाको माग राखेर सोमबार परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई ज्ञापनपत्र बुझाएको छ । पटक–पटक माग गर्दा समेत सुनुवाई नभएको भन्दै परराष्ट्रमन्त्री डा.देउवालाई मन्त्रालयमै पुगेर न्युजिरल्याण्डमा रहेका नेपालीलाई दुतावास नहुदाँ निकै समस्या भएकाले दुतावास स्थापना अपरीहार्य रहेकाले ज्ञापन पत्र बुझाएको गैर आवासीय नेपाली संघ न्युजिरल्याण्डका अध्यक्ष लाल केसीले बताए । ‘न्युजिरल्याण्डमा नेपालीको संख्या थपिदै छ, दुतावास नहुदाँ धेरै मर्का परेको छ’ अध्यक्ष केसीले भने । २० हजारभन्दा बढी न्युजिरल्याण्डमा र प्रशान्त द्वीप क्षेत्रका करिब १० हजार गरी ३० हजारभन्दा बढी नेपालीको बासोबास रहेको छ । न्युजिरल्याण्डमा दुतावास स्थापना हुदाँ ३० हजार नेपालीलाई सहज हुने अध्यक्ष केसीद्धारा बुझाइएको ज्ञापनपत्रमा उल्लेख छ । अष्टेलियामा झण्डै १ लाख ५० हजार नेपालीहरु रहेको अष्टे«लियामा रहेको नेपाली दुतावासले त्यहाँ रहेका नेपालीको समस्या समाधान गर्न धौ–धौ रहेको अवस्थामा न्युजिरल्याण्ड र प्रशान्तद्वीप क्षेत्रमा बासेबास गर्ने नेपालीको समस्या समाधान गर्न झनै कठिन भएकाले दुतावास स्थापनाको माग गरिएको अध्यक्ष केसीको भनाई छ । नेपालीले पासर्पोटमा प्रयोग हुने बायोमेट्रिक नमुना संकलन दुतावासबाट मात्रै हुने, हराएको पासर्पोट बनाउन वा पासर्पोट नविकरण गर्न जाँदा अष्टे«लियाले सजिलै भिषा नदिदाँ धेरै नेपालीको बिचल्ली,खर्चिलो र अन्य समस्याहरूको तथ्य विवरण समेत सरकारी निकायमा जानकारी गराइएको छ। ज्ञापनपत्रमा भनिएको छ,‘यसअघि पनि पटकपटक नेपाल सरकारको ध्यानाकर्षण गराईसकेका छौं त्यसैले न्युजिरल्याण्डमा नेपाली दुतावास स्थापनाका लागि प्रधानमन्त्री ज्यूलाई सादर अनुुरोध गर्दछौं।’यसअगाडी समेत निर्वतमान प्रधानमन्त्री प्रचण्ड सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधबकुमार नेपाल लगायत उच्चपदस्थ राजनीतिक दलका नेताका साथै पराष्ट्र मन्त्रालयमा समेत पुगेर नेपाली दुतावासका लागि पहल गरिदिन अनुरोध गरिएको थियो ।
प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  १९:३३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP