शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • अनेमसंघ म्याग्दीको तिजगीत प्रतियोगिता, कुहुँकी हिरा किसान प्रथम
अनेमसंघ म्याग्दीको तिजगीत प्रतियोगिता, कुहुँकी हिरा किसान प्रथम
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, भदौ १९, २०८१
IMG_9985
बेनी । महिलाहरुको महान् पर्व हरितालिका तिज नजिकिँदै जाँदा तिजसम्बन्धी विशेष कार्यक्रमहरुले प्राथमिकता पाउँदै गएका छन् । यसैक्रममा मङ्गलवारम्याग्दी सदरमुकाम बेनीमा नेकपा एमालेनिकट महिलाहरुको सङ्गठन अखिल नेपाल महिला संघ (अनेमसंघ) म्याग्दीको आयोजनामा खुल्ला तिजगीत प्रतियोगिता सम्पन्न भएको छ ।
समृद्ध नेपाल, सुखी नेपाली हाम्रो अभियान ः समान सहभागिताका लागि सुदृढ सङ्गठन भन्ने नारासहित अनेमसंघले तिज पर्वको अवसरमा महिला सशक्तिकरणमा आर्थिक पक्षको भूमिका विषयक खुल्ला तिजगीत प्रतियोगिता–२०८१ आयोजना गरेको थियो । गीत, सङ्गीतको माध्यमबाट महिलाहरुको सशक्तिकरण गर्न आर्थिक पक्षको भूमिका प्रष्ट्याउने उद्देश्यसहित तिजगीत प्रतियोगिता आयोजना गरिएको अनेमसंघले जनाएको छ ।
कुल ३१ टिमले सहभागिता जनाएकोमा मंगला गाउँपालिका–१, कुहुँकी हिरा किसान प्रथम, क्षत्री समाज म्याग्दी द्वितीय, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति म्याग्दी तृतीय, गणेशथान आमा समूह जलजला–७, मिलनचोक पर्वत र जामुनाखर्क मावि अर्थुङ्गेकी गरिमा परियार सान्त्वना भएका थिए । विजयी टिमहरुलाई नगद क्रमशः दशहजार, सातहजार, पाँचहजार र तीनतीन हजार रुपैयाँसहित प्रमाणपत्रले पुरस्कृत गरिएको अनेमसंघ म्याग्दीका सचिव देवकुमारी पुनले जानकारी दिनुभयो ।
प्रतियोगिताका विजयीहरुलाई अनेमसंघका केन्द्रीय सदस्य एवं नेकपा एमालेको जिल्ला सचिव थमसरा पुन, अनेमसंघ गण्डकी प्रदेश कमिटी सदस्य तथा जिल्ला समन्वय समिति म्याग्दीका उपप्रमुख डिलकुमारी खत्री र अनेमसंघका कार्यवाहक अध्यक्ष हेमकुमारी गर्बुजाले पुरस्कार वितरण गर्नुभएको थियो । प्रतियोगितामा म्याग्दीका अग्रज कलाकार कृष्णदत्त पौडेल, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका जिल्ला अध्यक्ष धुर्व जिसी र मिलन म्याग्दीका अध्यक्ष दिलमाया बिटालुले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो भने कलाकारहरु अमित विश्वकर्मा, दिनेश पुन र विजय परियारले हार्मोनियम, मादल र बाँसुरी बजाउनुभएको थियो ।
यसअघि प्रतियोगिताको उद्घाटन गर्दै अनेमसंघका केन्द्रीय सचिव एवं गण्डकी प्रदेश इन्चार्ज नरदेवी पुनले अनेमसंघ म्याग्दीले आयोजना गरेको खुल्ला तिजगीत प्रतियोगिताले तिज पर्वको सन्देश फैलाउने बताउनुभयो । उहाँले पछिल्लो समय नेपाली समाजमा मनाइने तिजलगायत चाडपर्वहरु एकदमै भड्किलो तथा खर्चिलो बन्दै गैरहेको अवस्थामा यस्ता सन्देशमूलक कार्यक्रमहरुले अनावश्यक खर्च कम हुने कार्यलाई समेत रोक्न सहयोगी भूमिका खेल्ने बताउनुभयो । एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले नेपाली समुदायमा तिज पर्वको महत्वलाई गीत, सङ्गीतको माध्यमबाट उजागर गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।
एमाले जिल्ला सचिव तथा अनेमसंघ केन्द्रीय सदस्य थमसरा पुनले आर्थिक सशक्तिकरणको विषयवस्तुलाई जोडेर महिलाहरुको कला र गला प्रस्फुटन गराउने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । कार्यक्रम अनेमसंघ म्याग्दीका कार्यवाहक अध्यक्ष हेमकुमारी गर्बुजाको अध्यक्षता, उपाध्यक्ष पशुपति शाहीको स्वागत र सचिव देवकुमारी पुनको सञ्चालनमा सम्पन्न भएको थियो । प्रतियोगितामा सहभागी महिलाहरुले आर्थिक सशक्तिकरण, तिजको महत्व, महिलाको भूमिकालगायत विषयवस्तुहरु गीतमार्फत उठाएका थिए ।

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  १८:५४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP