शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • मोना कतारको रमाइलो तीज कार्यक्रम
मोना कतारको रमाइलो तीज कार्यक्रम
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, भदौ २२, २०८१
1282464608mona
दोहा,कतार । म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारको रमाइलो तीज कार्यक्रम सम्पन्न भएको छ । मोना कतारको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।कतारदेखि गृह जिल्लासम्म सामाजिक क्षेत्रमा सक्रिय रहेको सन् २००३ मा कतारमा स्थापित मोनाले विगत ३ वर्षदेखि हरितालिका तीजको अवसर पारेर रमाइलो तिज कार्यक्रम आयोजना गर्दै आएको छ । मोनाले यसपटक म्याग्देली भेला, सम्मान तथा तेस्रो रमाइलो तिज कार्यक्रम –२०२४ संघका अध्यक्ष राजु पौडेलको सभापतित्व तथा म्याग्दी प्रवासी नेपाली संघ (मोना), अन्तर्राष्ट्रिय कार्यकारी समितिका कोषाध्यक्ष नरेन्द्र फगामीको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको हो । कार्यक्रमलाई विधिवतरूपमा ब्यानर अनावरण, दीप प्रज्वलन, राष्ट्रिय गानसहित अगाडि बढाइएको थियो । शुक्रबार प्लाजा मलमा रहेको सेन्चुरी रेस्टुरेन्टको सभा हलमा सम्पन्न कार्यक्रमका लागि सांगीतिक प्रस्तुति दिन नेपालबाट कतारसम्म आएकी म्याग्देली चेली तथा राष्ट्रिय ख्याति प्राप्त लोक तथा दोहोरी गायिका निरुता पुनले धमाका मच्चाइन् । उनले आफू जीवनमा पहिलो पटक सांगीतिक प्रस्तुति दिन कतार आएको बताउँदै आयोजकप्रति आभार व्यक्त गरिन् । पुनले तिज गीत ुहेर न मै राम्रो छैन र सालैजो घुम्ती घुम्ती रोडुलगायत आधा दर्जन गीतहरू गाइन् । कतारमा रहेकी म्याग्देली थाली नृत्यङ्गना यमुना पटेल, सृजना घताने, यजु सेवाले आफ्ना नृत्य पेस गरे । देवी कँडेल र पटेलले दिदी भाइको कथामा आधारित रहेर तिज गीतमा पेस गरेको गीति नाटक आकर्षणको केन्द्र बनेको थियो ।कार्यक्रममा प्रमुख अतिथि फगामीले कतारमा रहेका सबैलाई आफ्नो श्रम स्वीकृति जाँच गर्न तथा समयावधि सकिएको र नवीकरण गर्न असहज भएमा आफूलाई सम्पर्क गर्न अनुरोध गरे । उनले प्रवासमा हुन सक्ने भवितव्यप्रति लक्षित गर्दै श्रम र बीमा श्रमिकका लागि अति महत्वपूर्ण रहेको बताए ।कार्यक्रममा मोना कतारको संरक्षकत्वमा स्थापित मोना कतार बहुउद्देश्यीय अक्षयकोषको आजीवन र संरक्षक सदस्यता प्रमाण पत्र वितरण समेत गरिएको थियो । आफ्नो शुभकामना मन्तव्य राख्दै कोषका अध्यक्ष विक्रम कार्कीले कोषको आजीवन र संरक्षक सदस्यता खुला रहेको बताउँदै अक्षयकोषमा आबद्ध भइ अक्षयकोषसँगै हातेमालो गरी सामाजिक कार्यमा पाइला बढाउन अनुरोध गरेका थिए । विशेषगरी कतारमा रहेका म्याग्देली चेलीबेटीहरूलाई समेटेर आयोजना गरिएको कार्यक्रममा समिति, संस्था तथा व्यक्तिहरूलाई निमन्त्रणा गरिएको थियो ।महिला विभाग संयोजक टिका माया रोकाले स्वागत मन्तव्य राखेको कार्यक्रमको समापन गर्दै सभापति पौडेलले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैमा आभार व्यक्त गरे । संस्थामा प्रत्यक्ष जोडिन नसके पनि संस्थाको फेसबुकमा जोडिन आग्रह गर्दै उनले हरेक दुस्खमा मोना कतार सदैव साथ रहने बताए । कार्यक्रम अक्षयकोष र महिला विभागको आयोजना तथा मोना कतारको सांस्कृतिक विभाग र खेलकुद विभागको सह–आयोजनमा सम्पन्न भएको हो । सो अवसरमा नेपालबाट आमन्त्रित गायिका पुनलाई दोसल्ला ओढाएर मायाको चिनोसहित सम्मान पत्रले सम्मान गरिएको थियो भने मोना कतारका खेलाडीहरूलाई खादा र कार्यक्रममा प्रस्तुति दिने अन्य कलाकारलाई नगद पारिश्रमिकसहित सम्मान गरिएको थियो ।
प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  २२:१२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP