शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • कार्यसम्पादनमा अन्नपूर्णको नारच्याङ र भुरुङ्ग–तातोपानी स्वास्थ्य चौकी उत्कृष्ट
कार्यसम्पादनमा अन्नपूर्णको नारच्याङ र भुरुङ्ग–तातोपानी स्वास्थ्य चौकी उत्कृष्ट
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, भदौ २४, २०८१
samman annapurna
पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका अन्तर्गतका स्वास्थ्य चौकीहरु मार्फत आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालित कार्यक्रमहरुको समिक्षा गरिएको छ ।पोखरेबगर स्थित गाउँपालिकाको कार्यालयमा आइतबार र सोमबार सञ्चालन भएको समिक्षा कार्यक्रममा गत आर्थिक वर्षमा स्वास्थ्य शाखा, स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य इकाई हरु मार्फत प्रभाव भएका सेवा र सञ्चालन गरिएका गतिबिधिहरुको समिक्षा गरिएको हो । कार्यक्रम कार्यान्वयनको उपलब्धी, चुनौति र समाधानका उपायका साथै चालु आर्थिक वर्षका कार्यक्रमको विषयमा स्वास्थ्यकर्मी र जनप्रतिनिधीहरुबीच छलफल समेत भएको स्वास्थ्य शाखाका संयोजक समुन्द्र बरुवालले बताउनुभयो ।समिक्षा कार्यक्रममा कार्यसम्पादनका आधारमा गत आर्थिक वर्षमा नारच्याङ र भुरुङ्ग तातोपानी स्वास्थ्य चौकी प्रथम, घार स्वास्थ्य चौकी दृतीय र दाना स्वास्थ्य चौकी तृतीय भएको घोषणा गर्दै सम्मान गरिएको थियो । यसैगरी आधारभूत न्युनतम सेवा प्रवाह मापदण्डको आधारमा जिल्ला प्रथम भएको शिख स्वास्थ्य चौकी (८९ प्रतिशत), जिल्ला दृतीय भएको भुरुङ्ग–तातोपानी स्वास्थ्य चौकी (८४ प्रतिशत)र तृतीय घार स्वास्थ्य चौकी (८२ प्रतिशत)लाई पनि सम्मान गरिएको थियो ।गत आर्थिक वर्षमा लक्षित उमेर समुहका सबैले खोप लगाएको र घरमा प्रसुति हुनेको संख्या शून्य कायम हुनुलाई अन्नपूर्ण गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा उपलब्धी मानेको छ । भुरुङ्ग तातोपानी स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा शुरु गरिएको र दाना स्वास्थ्य चौकीको भवन निर्माणाधिन रहेको छ । चालु आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा प्राथमिकता दिएर रु ९१ लाख बजेट बिनियोजन गरेको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । स्वास्थ्य सचेतनाका लागि प्रत्येक विद्यालयमा स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गर्न पनि बजेट व्यवस्थापन भएको गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले बताउनुभयो ।कार्यक्रममा अन्नपूर्णका ८ वटै वडामा रहेका स्वास्थ्य चौकीका प्रमुख, जनप्रतिनिधी, स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठी, वनहार्टका प्रतिनिधी लगायतको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  २१:५३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP