शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • योग ध्यान सम्बन्धी प्रशिक्षण
योग ध्यान सम्बन्धी प्रशिक्षण
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, असोज १३, २०८१
yog myagdi
बेनी । स्वस्थ र आनन्दमय जिवनको लागि योग ध्यान सकारात्मक सोच र तनाव व्यवस्थापनसम्बन्धी तीन दिने प्रशिक्षण म्याग्दीको सदरमुकाम बेनीबजारमा सम्पन्न भएको छ । बेनी नगरपालिकाको आयोजना र ब्रह्माकुमारी ईश्वरिय विश्वविद्यालय बेनी शाखाको समन्वयमा जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको प्रशिक्षणमा जनप्रतिनिधि, विद्यार्थी, सर्वसाधारण, सरकारी निकायका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । व्यस्त दैनिकीबाट ग्रसित बन्दै गैरहेको अवस्थामा स्थानीय सर्वसाधारणहरुलाई उत्प्रेरणा जगाई तनाव कम गरी सकारात्मक सोचको विकास गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको थियो । प्रशिक्षक रमण भट्टराईले सहजीकरण सकारात्मक सोच, तनाव व्यवस्थापन, जीवनपयोगी सिपहरु, जीवन जिउने कला, उत्प्रेरणा लगायतका विविध विषयहरुमा सहजीकरण गरेका थिए । प्रशिक्षणको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, समापन बेनी नगरपालिकाका मेयर सुरत केसीले गरेका थिए । तालिममा ब्रह्माकुमारी ईश्वरिय विश्वविद्यालय धौलागिरिका प्रमुख साबित्रा दिदी,बेनी शाखा प्रमुख रिना दिदीको उपस्थिति रहेको थियो । मानिसहरुमा हुने तनाव व्यवस्थापन कम गर्ने, उत्प्रेरणा जगाउने र सकारात्मक सोचको वृद्धि गरी जीवन जिउनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसैबीच म्याग्दीका विभिन्न संघसंस्था र आमा समुहका साथै विद्यालयमा समेत सकारात्मक सोच र तनाव व्यवस्थापनसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।
प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  २०:४३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP