शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • च्युरीबोटमा दोस्रो परिवर्तन कप हुँदै
च्युरीबोटमा दोस्रो परिवर्तन कप हुँदै
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, कात्तिक ४, २०८१
दरबाङ । म्याग्दीको मालिका गाउँपालिका -४,चुरीबोटमा दोस्रो परिवर्तन कप संचालन हुने भएको छ । परिवर्तन युवा क्लब आयोजनामा यहीँ कात्तिक ७ गतेदेखि १५ गतेसम्म विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम संचालन हुने भएको हो । मेलामा प्रौढ ,महिला र पुरुष भलिबल तथा तारोखेल लगायत प्रतियोगिता संचालन हुने क्लब सचिव सुलब पुन मगरले जानकारी दिनुभयो। उहाँका अनुसार , पुरुष भलिबलका बिजेताले ७० हजार रुपैयाँ सहित ट्रफी , मेडल र प्रमाणपत्र हात पार्नेछन । उपबिजेताले ४० हजार ट्रफी , मेडल र प्रमाणपत्र , महिला भलिबल बिजेता र उपबिजेताले क्रमशः२५ हजार र १५ हजार ट्रफी , मेडल ,प्रमाणपत्र हात पार्नेछन् । प्रौढ भलिबल तर्फ बिजेता र उपबिजेताले ३० हजार एवं १५ हजार ट्रफी , मेडल र प्रमाणपत्र ,तारोखेल बिजेता र उपबिजेताले क्रमशः ४० हजार र २५ हजार ट्रफी , मेडल र प्रमाणपत्र हात पार्नेछन । साथै पुरुष र महिला छेलो एवं लठो तान्ने तथा अन्डानिसान प्रतियोगिता बिजेता र उपबिजेताले नगद सहित मेडल र प्रमाणपत्र हात पार्नेछन् । मेलाको तयारी अन्तिम चरणमा पुगेको क्लब अध्यक्ष थम बहादुर घर्ती मगरले जानकारी दिनुभयो । परम्परागत कला संस्कृतिको जगेर्ना , खेलमैदान निर्माणलाई पूर्णता , खेलप्रतिभाको पहिचान र खेलकुद क्षेत्रको प्रवर्द्धन, एक आपसमा भाईचारा सम्बन्ध स्थापित गर्ने उदेश्यले मेला संचालन गर्न लागिएको क्लब अध्यक्ष घर्ती मगरले बताउनुभयो । उहाँका अनुसार , गत वर्ष मेला खर्च कटाएर प्राप्त आम्दानीले खेलमैदान निर्माणको काम सुरु गरेको बताउनुभयो । उहाँले मेलालाई सफल बनाउन सबैलाई सहयोग गर्न अपिल गर्नुभयो । गत वर्षको प्रथम परिवर्तन कपको उपाधि पुरुषतर्फ छापाखानी युवा क्लब , महिला तर्फ जनसाहारा युवा क्लब र प्रौढ तर्फ महखानी युवा क्लबले जितेका थिए । भने तारोखेलतर्फ जनसाहारा युवा क्लबले जितेको थियो । मेलाको प्रत्यक्ष प्रसारण म्याग्दी न्युज डटकमले गर्ने भएको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  २१:४९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP