शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • बर्दियाका गैंडा पानी खाेज्दै भारतीय आरक्षतिर
बर्दियाका गैंडा पानी खाेज्दै भारतीय आरक्षतिर
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, मंसिर १८, २०८१
inbound8105337525380043126
बर्दिया —बर्दिया राष्ट्रिय निकुञ्जका गैंडा भारतीय सीमावर्ती कतरनियाघाट वन्यजन्तु आरक्षतर्फ पलायन भइरहेको निकुञ्जले जनाएको छ । बर्दियाबाट बाहिरिएका बीसभन्दा बढी त्यस्ता गैंडा अहिले कतरनियाघाट आरक्षमा गएको बताइएको हो । बर्दिया राष्ट्रिय निकुञ्ज हुँदै बग्दै गरेको गेरुवा नदीमा पानी सुकेका कारण ती गैंडा पानीको खोजी गर्दै भारतीय आरक्षतर्फ गएको हुन सक्ने निकुञ्जको भनाइ छ । निकुञ्जको भँगालो गेरुवा नदीमा जलस्तर घट्दै गएपछि वन्यजन्तुलाई पानीको समस्या भएको हो । यहाँका २० भन्दा बढी गैंडा भारतीय आरक्षमा पसेको अनुमान गरिएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख विजयराज सुवेदीले बताउनुभयो । ‘पानीको समस्याले यहाँका गैंडा भारतीय सीमावर्ती आरक्षमा पुगेका हुन्,’ उहाँले भन्नुभयो, ‘गैंडा लगायत वन्यजन्तु एकै ठाउँमा बस्ने नभएकाले ती गैंडा फर्केर आउँछन् भन्ने विश्वास छ ।’ गैंडा भारतमा भएको जानकारी पाउनासाथ बर्दिया राष्ट्रिय निकुञ्जले एक सातायता गैंडाको अनुगमन सुरु गरेको छ । यस सम्बन्धमा निकुञ्जका अधिकारीसँग सम्पर्क राख्दा बोल्न चाहनुभएन । यस वर्ष बर्दिया राष्ट्रिय निकुञ्जले चैत महिनाको पहिलो साता गैंडा गणना गर्ने निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक रामले बताउनुभयो । सन् २०२२ को गणनामा बर्दिया राष्ट्रिय निकुञ्जमा ३८ वटा गैंडा थिए । तीमध्ये तीन वटा गैंडाको प्राकृतिक कारणले मृत्यु भइसकेको छ । खाता जैविक मार्गबाट हात्ती, बाघ, गैंडा लगायत वन्यजन्तु ओहोरदोहोर गर्छन् । खाता जैविक मार्ग डिभिजन वन कार्यालयअन्तर्गत रहेको छ । कान्तिपुर
प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  १४:५२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP