शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राजनिति
  • गृहपृष्ठ
  • माओवादी केन्द्र रघुगंगाको अध्यक्षमा शेरपुञ्जा
माओवादी केन्द्र रघुगंगाको अध्यक्षमा शेरपुञ्जा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, पुस ८, २०८१
MC Raghunga
मौवाफाँट । नेकपा (माओवादी केन्द्र)रघुगंगा गाउँपालिका कमिटीको तेस्रो सम्मेलन शनिवार सम्पन्न भएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न अधिवेशनले भबिन्द्र शेरपुञ्जाको अध्यक्षतामा ४१ सदस्यीय पालिका कमिटी सर्वसम्मत रुपमा निर्वाचित गरेको छ । कमिटीको उपाध्यक्षमा नरबहादुर भण्डारी, नारायण सुवेदी र मिना विक, सचिबमा होमबहादुर दर्जी, सहसचिबमा निशा घर्ति खत्री र कोषाध्यक्षमा इश्वर खत्री चयन हुनुभएको छ । सम्मेलनको उद्घाटन गर्दै नेकपा ९माओवादी केन्द्र०का केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला इन्चार्ज गोविन्द पौडेलले माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले शुसासन र भष्ट्राचार नियन्त्रणमा चालेको कदमले एमाले र काँग्रेस अताल्लिएर सरकार ढालेको बताउँदै वर्तमान सरकारले जनताको काम गर्ने भन्दा आफ्ना घोटला र अनियमितता ढाकछोपमा लागेको बताउनुभयो । उहाँले हालै भएको उपनिर्वाचनले समेत माओवादीप्रति जनताको आसा, भरोसा बढेको देखाएको बताउँदै आगामी निर्वाचनबाट माओवादी पुन जनताको कामका लागि नेतृत्वमा पुग्ने दावि गर्नुभयो । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य हरि भण्डारीले जिल्लामा भौतिक पूर्वाधार विकासमा माओवादी जनप्रतिनिधिहरुको अगुवाईले जनतामा आसा र विकासप्रति भरोसा जागेको बताउनुभयो । उहाँले आफुहरुले गण्डकी प्रदेश सरकारका साथै संघीय सरकारबाट समेत जिल्लामा ठूला विकास निर्माण योजना भित्राउन पहलकदमी लिएको बताउनुभयो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला समन्वय समितिका अध्यक्ष शेरबहादुर केसीले माओवादी जनयुद्धको जगमा मुलुकमा संघीय गणतन्त्र स्थापना भएको बताउँदै यस व्यवस्थाभित्र रहेका कमजोरीलाई सुधार गर्दै जनताको लागि उत्तम व्यवस्थाको लागि पनि माओवादीकै नेतृत्व आबश्यक रहने बताउनुभयो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका रघुगंगा गाउँपालिका इन्चार्ज रिम कटुवाल र प्रदेश कमिटी सदस्य ज्योति लामिछानेले परिवर्तन, विकास र शुसासनको सम्बाहक नै माओवादी रहेकोमा जोड दिनुभयो । पालिका कमिटीका निवर्तमान अध्यक्ष हरि भण्डारीको अध्यक्षता, मिना विकको स्वागत र भविन्द्र शेरपुञ्जाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  १०:३८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP