शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • जलजलामा सञ्चालित गण्डकी गोपाल गौशालालाई प्राप्त सहयोग सार्वजनिक
जलजलामा सञ्चालित गण्डकी गोपाल गौशालालाई प्राप्त सहयोग सार्वजनिक
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, माघ १५, २०८१
IMG_5256
म्याग्दी । पर्वतको जलजला गाउँपालिका–७, धाईरिङको गोकुलधाममा सञ्चालित श्री गण्डकी गोपाल गौशालालाई विभिन्न व्यक्ति तथा सहयोगदाताहरुले सहयोग गरेका छन् । गौशाला सञ्चालन गर्नको लागि सहयोगदाताहरुबाट प्राप्त जिन्सीलगायत सहयोगलाई आइतबार एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो ।
गौशालालाई गएको कार्तिक महिनादेखि हालसम्म विभिन्न व्यक्तिहरुले आफ्नो र परिवारको जन्मदिन, विवाहको वर्षगाँठ, पितृउद्धार तथा विशेष दिनको अवसर पारेर स्वच्छिक रुपमा गाईपालनका लागि पराल, दानालगायत जिन्सी सामानहरु सहयोग गरेका हुन् । पर्वत मिलनचोककी स्थानीय अगुवा तथा सामाजिक अभियन्ता जमुना आचार्यको व्यक्तिगत पहलमा गौशालामा पालिएका गाई र बाच्छाबाच्छीका लागि सङ्कलित पाँचलाख बढीको नगद तथा जिन्सीलगायत सहयोगका विवरणहरु सार्वजनिक गरिएको छ ।
गौशालाको लागि पर्वतको पाङ, खुर्कोट, नाग्लीबाङ, फलेबास, लेखफाँट, सालिजा, धाईरिङ, खोलाखेतलगायत स्थानबाट नुन र पराल सहयोग भएको थियो । स्वदेश तथा विदेशमा रहेका करिब २ सयजना सहयोगदाताहरुबाट आर्थिक तथा जिन्सी सहयोग भएकोमा जिन्सी र नगदबाट कुल १७ सय ५१ भारी पराल सङ्कलन गरिएको अभियन्ता आचार्यले बताउनुभयो । सालिजा र फलेबासमा टोल विकास संस्थाको सक्रियतामा पराल सङ्कलन गरिएको थियो । कार्यक्रममा झण्डै दुईसय जना व्यक्तिहरुले गरेको नगदसहित जिन्सीलगायत विभिन्न सहयोगको बारेमा सामाजिक अभियन्ता आचार्यले जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा बोल्दै जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले यसवर्ष गौशालामा आवश्यक भौतिक संरचना निर्माण गर्नका लागि गाउँपालिकाबाट एक करोड ४५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । साथै उहाँले गौशालाकै लागि यसैवर्ष संघीय सरकारबाट पनि एक करोड ४५ लाख रुपैयाँ बजेट परेको बताउनुभयो । स्थानीय तथा संघीय सरकारबाट परेको बजेटलाई गौशालामा आवश्यक पर्ने विभिन्न संरचनाहरु निर्माण गरिने बताउँदै अध्यक्ष आचार्यले गौशालामा पालिएका गाईको मलमुत्रलाई कृषि तथा खाद्यान्न बालीमा प्रयोग गरिने बताउनुभयो । उहाँले गाईको मलसँगै वनजङ्गलको पातपतिङ्गरलाई समेत सङ्कलन गरी अर्गानिक मल बनाइने र गाउँपालिकामार्फत प्याकेजिङ गरेर सहुलियतदरमा बिक्री गर्ने योजना रहेको जानकारी दिनुभयो ।
कार्यक्रम गौशाला व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ उपाध्यायको अध्यक्षता, सचिव रामचन्द्र आचार्यको स्वागत र सामाजिक अभियन्ता जमुना आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो । पछिल्लो समय गौशालामा पालिएका गाई तथा बाच्छाबाच्छीका लागि सहयोगदाताहरुले स्वतस्फूर्त रुपमा सहयोग गर्दै आइरहेका छन् । सहयोगी मनहरुले स्वच्छिक रुपमा गौशाला व्यवस्थापन समिति र सामाजिक अभियन्तालाई फोन सम्पर्क गरेर नगद, जिन्सीलगायत सहयोगहरुको घोषणा गरी उपलब्ध गराउँदै आएको समितिले जनाएको छ ।
श्री मुक्तिनाथ पीठाधीश स्वामी कमलनयनाचार्यको सङ्कल्पमा वि.सं. २०७२ सालमा स्थापना गरिएको गण्डकी गोपाल गौशालामा हाल माउगाई, बर तथा बाच्छी गरेर कुल ५८ वटा रहेका छन् । परम्परागत रुपमा पालिँदै आएका रैथाने जातका गाईको संरक्षण गर्ने उद्देश्यसहित गौशालाको अवधारणा ल्याएर गाईपालन गरिएको हो । समाजमा हुने विभिन्न धार्मिक कार्यहरुमा गाईको दुध, गोबर तथा गहुँतको अनिवार्य रुपमा प्रयोग गर्ने गरिन्छ ।

प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  ०८:३७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP