शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • विद्यालय शिक्षा सुधार गर्न प्रधानाध्यापकहरूको भेला
विद्यालय शिक्षा सुधार गर्न प्रधानाध्यापकहरूको भेला
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, माघ १९, २०८१
inbound1356986747603346189
राेल्पा । विद्यालय शिक्षालाई सुधार गर्ने उद्देश्यले रोल्पामा माध्यमिक विद्यालयका प्रधानाध्यापकहरूको भेला सम्पन्न भएको छ । शिक्षा विकास एवं समन्वय इकाइ रोल्पाले शुक्रबार लिबाङमा आयोजना गरेको भेलामा शिक्षा सुधार गर्न अन्तरक्रिया कार्यक्रमसमेत गरियो । खस्कदै गएको माध्यमिक तहको शिक्षा सुधार गर्न नमुना विद्यालयका व्यवस्थापक एवं प्रधानाध्यापकले सुझाव एवं अनुभव प्रस्तुत गरेका थिए । विद्यालय शिक्षामा समानता ल्याउन, गुणस्तरीय शिक्षा बनाउन र सामुदायिक विद्यालयको व्यवस्थापनमा विशेष ध्यान दिने अभिप्रायले कार्यक्रमको आयोजना गरिएको शिक्षा विकास इकाइ कार्यालयले जनाएको छ । अनुभव आदानप्रदान गर्न र गराउन भेलामा निजी विद्यालयका व्यवस्थापक र प्रधानाध्यापकलाई समेत उपस्थित गराइएको थियो । भेलामा लगातर ६ घण्टासम्म अन्तरक्रिया र विद्यालयको शिक्षा सुधार गर्ने उपायसम्बन्धी छलफल समेत गरिएको थियो । जिल्ला शिक्षा समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिकी प्रमुख सीता आचार्यले विद्यालयको शिक्षा खस्कँदै गएकामा चिन्ता लागेको बताउनुभयो । ‘शिक्षा सुधार गर्न विद्यालयबाटै पहल थाल्नुपर्छ । माध्यमिक विद्यालयको नतिजा सुधार गर्न र व्यावहारिक शिक्षाको प्रवर्द्धन गर्न भेला र अन्तरक्रिया आवश्यक हुने भएकाले निरन्तरताको खाँचो छ,’ उहाँले भन्नुभयो। जिल्लाको नमुना मानिएको बालकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक मधुसूदन पोखरेलले लामो प्रयासपछि मात्रै विद्यालयलाई गुणस्तरीय र आकर्षक बनाउन सफल भएको अनुभव सुनाउनुभयो। ‘विद्यालयको शिक्षा सुधार गर्न पर्याप्त साधनस्रोत, विज्ञ एवं गम्भीर जनशक्ति, सामाजिक सदभाव्, सामुदायिक भावनाको उच्च सम्मान, नयाँ र प्रविधिमैत्री अध्यापनको व्यवस्था हुनु राम्रो हो,’ उहाँले भन्नुभयो । रोल्पा नगरपालिकाभित्रकै उत्कृष्टमध्येको एक राष्ट्रिय माविका प्रधानाध्यापक लीलाधर पन्थीले विद्यालयलाई घरजस्तै प्रेम गरेर विद्यार्थीमैत्री बनाउन सकेकाले नमुना विद्यालय बन्न सफल भएको अनुभव सुनाउनुभयो। ‘सीमित साधनस्रोत भएर पनि शिक्षक र अभिभावको नियमित मिहिनेतले विद्यालयको वातावरणलाई शिक्षामैत्री र व्यावहारिक बनाउनसफलता मिलेको हो,’ उहाँले सुनाउनुभयो । रोल्पा नगरकै अर्को उत्कृष्ट विद्यालय कोटगाउँस्थित नेपाल राष्ट्रिय माविका प्रधानाध्यापक कृष्ण पुनले अभिभावक र शिक्षकको मिहिनेतबाट विद्यालयको शिक्षालाई समयसापेक्ष बनाउन सकेको अनुभव सुनाउनुभयो। अन्तरक्रियामा रोल्पा नगरपालिका लगायत पूर्वी रोल्पाका तीन गाउँपालिकाहरू सुनछहरी, लुङ्ग्री र सुनिल स्मृति गाउँपालिकाका करिब ४० माध्यमिक विद्यालयका प्रधानाध्यापकको उपस्थिति थियो । अधिकांश प्रधानाध्यापकहरूले विद्यलायको गतिविधि, अवस्था र शैक्षिक अवस्था सुधार गर्ने उपायबारे प्रस्तुतीकरण समेत दिएका थिए । जिल्लाका पश्चिमी विद्यालयका प्रधानाध्यापकहरू बीच दुई दिनपछि घर्तीर्गाउँमा भेला आयोजना गर्ने तयारी रहेको शिक्षा विकास एवं समन्वय इकाइ प्रमुख लालबहादुर घर्तीमगरले बताउनुभयो। प्रमुख जिल्ला अधिकारीले जिल्लाको शिक्षा सुधारमा सबै स्थानीय तहको प्रयासले साथ दिने अपेक्षा गरिएको बताउनुभयो । रोल्पा नगरका प्रमुख सुरेन्द्र घर्तीमगरले विद्यालयलाई गुणस्तरीय र प्रविधिमैत्री बनाउन बजेटको व्यवस्थापन गरिएको बताउनुभयो। भेलामार्फत जिल्लामा शिक्षा सुधार गर्ने कार्ययोजना र उद्देश्यसहित ३० बुँदे रोल्पा शैक्षिक प्रतिबद्धता २०८१ घोषणा गरिएको छ । विद्यालयमा जंकफुड पूर्ण रूपमा निषेध गर्न, राम्रा अभ्यास संचालन गर्न, विद्यालयलाई विद्यार्थीमैत्री र विद्यार्थीहरूलाई सिर्जनशील र प्रतिभावान बनाउन शिक्षक र अभिभावकले हरदम प्रयास गर्नेतर्फ ध्यान दिन प्रतिबद्धतापत्रमा सुझाव दिइएको छ । अनिवार्य तथा निःशुल्क शिक्षाको प्रत्याभूति गराउन हरेक शैक्षिक सत्रमा विद्यालय खुल्नुअघि नै विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाउन अभिभावकसँग घरदैलो अभियान चलाउन पनि आग्रह गरिएको छ । साथै हरेक विद्यार्थी र विद्यालयलाई प्रविधिमैत्री बनाउन आवश्यक बजेटको व्यवस्थापन गर्ने र अभिभावकीय नेतृत्व गर्न स्थानीय तहसँग समन्वय गर्न पनि आग्रह गरिएको छ । कान्तिपुर
प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  १२:१७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP