शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
समाचार
  • गृहपृष्ठ
  • पुलस्त्य पुलह क्षेत्र विकास कोषको अध्यक्षमा पुनः बानियाँ
पुलस्त्य पुलह क्षेत्र विकास कोषको अध्यक्षमा पुनः बानियाँ
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, फागुन ११, २०८१
बानियाँ
बेनी । म्याग्दीको बेनी नगरपालिका–५, स्थित पुलस्त्य पुलह क्षेत्र विकास कोषको १०औं अधिवेशनबाट पुनः लिलाबहादुर बानियाँ अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको छ । शनिवार पुलस्त्य पुलह मन्दिरको प्राङ्गणमा सम्पन्न १०औं अधिवेशन तथा साधारणसभाले बानियाँको अध्यक्षतामा कोषको नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनबाट कोषको उपाध्यक्षमा भीमबहादुर बानियाँ, तेजप्रकाश बानियाँ, सचिवमा माधवप्रसाद रेग्मी, सहसचिवमा रामबहादुर बानियाँ र कोषाध्यक्षमा रामचन्द्र शर्मा पौडेल निर्वाचित हुनुभएको छ । यसैगरी कार्यसमिति सदस्यहरुमा टेकबहादुर बानियाँ, निवर्तमान वडा अध्यक्ष लक्ष्मण बानियाँ, रामबहादुर विक, जुना बानियाँ, कमला बानियाँ, यामबहादुर थापा दर्जी र रामचन्द्र पौडेल निर्वाचित हुनुभएको कोषले जनाएको छ । अधिवेशनको उद्घाटन गर्दै अनन्तश्री विभूषित जगतगुरु रामानुजाचार्य त्रिदण्डी स्वामी हिमालयन बाबाजीले पुलस्त्य पुलह क्षेत्र गौमुखी आकारमा भएकाले आफैमा प्रसिद्ध रहेको चर्चा गर्नुभयो । उहाँले पुलस्त्य पुलह क्षेत्रको दीगो रुपमा विकास गर्नका लागि सबै मिलेर अगाडि बढ्नुपर्ने बताउँदै परापूर्वकालमा पनि यस क्षेत्रका स्थानीयवासीले यज्ञआदि अनुष्ठान लगाएर पुलस्त्य क्षेत्रलाई जोगाएर राखेको भन्दै प्रशंसा गर्नुभयो । पुलस्त्य पुलह क्षेत्रले अहिलेसम्म दुःख काटेर पर्खिएर बसिरहेको बताउँदै अहिलेको पुस्ताले यस क्षेत्रको विकासमा जोड दिनुपर्ने उहाँको भनाइ छ । सोही कार्यक्रममा बोल्दै बेनी नगरपालिका वडानम्बर ५ का वडा अध्यक्ष गोविन्द बानियाँले ऐतिहासिक तथा धार्मिक महत्वको पुलस्त्य पुलह क्षेत्रको पुनरुत्थानका लागि सबै एक भएर लाग्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले सडक विस्तार तथा स्तरोन्नतिलगायत पूर्वाधार विकासमा वडा र नगरपालिकाले आवश्यक पहल गर्ने बताउँदै पुलहाश्रम क्षेत्रको विकास गर्न सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्ने बताउनुभयो । अधिवेशन तथा साधारणसभाको उद्घाटनसत्रमा कोषका सचिव माधवप्रसाद रेग्मीले प्रगति र कोषाध्यक्ष रामचन्द्र शर्मा पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सोही अवसरमा कोषको गत मंसिर १४ गते सम्पन्न वैठकको निर्णयअनुसार पुलस्त्य पुलह क्षेत्र विकास कोषको संरक्षकमा अनन्तश्री विभूषित जगतगुरु रामानुजाचार्य त्रिदण्डी स्वामी हिमालयन बाबाजीलाई बनाउने प्रस्ताव साधारण सभाबाट सर्वसम्मत पारित भएको थियो भने हिमालयन बाबाजीले पनि संरक्षकत्व सहर्ष स्वीकार गरी ग्रहण गर्नुभएको थियो । बेनी नगरपालिका ५ नम्बर वडाका निवर्तमान वडाध्यक्ष लक्ष्मण बानियाँ, नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम, जगन्नाथ मन्दिर निर्माण समितिका अध्यक्ष यामबहादुर बानियाँ (रामु) र पुलाचौर ढाँडपानी आमा समूहका अध्यक्ष शान्ति शर्माले मन्तव्य व्यक्त गर्दै पुलस्त्य पुलह क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्ने बताउनुभएको थियो । कार्यक्रम पुलस्त्य पुलह क्षेत्र विकास कोषका अध्यक्ष लिलाबहादुर बानियाँको अध्यक्षता, निवर्तमान सदस्य तेजप्रकाश बानियाँको स्वागत र रामबहादुर बानियाँको सञ्चालनमा सम्पन्न भएको थियो
प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १५:३५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP