शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • ‘अब म पनि बोल्छु’ वक्तृत्वकलाको पालिका छनौट सकियो
‘अब म पनि बोल्छु’ वक्तृत्वकलाको पालिका छनौट सकियो
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, फागुन २६, २०८१
mangala gaupalika babichour 1-min
म्याग्दी । म्याग्दीमा विद्यालयस्तरमा विद्यार्थीको बोल्ने कला विकास गर्न शैक्षिक परामर्शदाता स्टुडेन्ट भाइब्स अस्ट्रेलियाको आयोजनामा पहिलोपटक सर्वाधिक धनराशीको वक्तृत्वकला प्रतियोगिताको पालिकास्तरमा छनौट प्रतियोगिता सम्पन्न भएको छ । म्याग्दीका ६ वटै स्थानीय तहको शिक्षा शाखाको समन्वय तथा आयोजना र बेनीअनलाइन प्रालिको संयोजनमा सम्पन्न भएको प्रतियोगितामा ४५ जना विद्यार्थीले सहभागिता जनाएका थिए । सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा ८ देखि १२ सम्म अध्ययनरत विद्यार्थीको सहभागितामा ‘अब म पनि बोल्छु’ नाराका साथ आयोजित वक्तृत्वकला प्रतियोगिताका लागि शिर्षक छनौट समितिले फरक–फरक शिर्षकमा प्रतियोगिता सञ्चालन गरिएको थियो । सोमबार मंगला गाउँपालिकामा आयोजित छनौट प्रतियोगिताको उद्घाटन गदैं गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बोल्ने कला अन्तरगत उद्घोषण, भाषण, नेतृत्वविकास लगायतका अतिरिक्त क्रियाकलापले शैक्षिक गतिविधिमा समेत सघाउने बताए । उनले पाठ्यक्रममा आधारित प्रतियोगितालाई प्रोत्साहन गर्ने प्रतिबद्धता समेत जनाए । पालिकास्तरीय छनौटमा म्याग्दीका सबै स्थानीय तहका जनप्रतिनिधिले समेत उत्कृष्ट अभ्यास भएको प्रतिक्रिया दिएका छन् । विद्यार्थीको पठनपाठनमा समेत सहज हुने गरी शैक्षिक विषयमा केन्द्रित भएर आयोजित प्रतियोगिताको पालिकास्तरको प्राप्त गोप्य शिलबन्दी गरिएको चैत्र महिनामा सार्वजनिक गरी बैशाख महिनामा फाइनल प्रतियोगिताको आयोजना गरिने स्टुडेन्ट भाइब्स अस्ट्रेलियाका म्यानेजिङ डाइरेक्टर बद्री बरुवालले बताए । ‘पालिकास्तरमा छनौट प्रतियोगितामा सहभागि सबैलाई धन्यवाद दिन चाहन्छौ, हामीले विद्यार्थीको क्षमता विकासमा सहयोग गर्ने प्रयास गरेका छौ’ म्यानेजिङ डाइरेक्टर बरुवालले भने ।उनले विद्यार्थीको बोल्ने कलाका लागि आगामी दिनमा प्रतियोगितालाई निरन्तरता दिने बताए ।प्रतियोगितालाई २ खण्डमा बिभाजन गरिएकोमा पहिलो खण्ड अन्तरगत पालिकास्तरमा प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखाका प्रमुख सहितको निर्णायक मण्डलबाट सहभागीको नतिजाबाट हरेक स्थानीय तहबाट १ जना छनौट गरी अन्तिम प्रतिष्पर्धा गराइने बेनीअनलाइन प्रा.लिले जनाएको छ । नतिजा सार्वजनिक भए लगत्तै एकदिने प्रशिक्षण तालिम समेत सञ्चालन गरिने छ । प्रतियोगिताबाट प्रथम हुनेलाई ५० हजार प्रमाणपत्र तथा ट्रफी, दोश्रोलाई ३५ हजार प्रमाणपत्र तथा ट्रफी, तृतीयलाई २५ हजार प्रमाणपत्र तथा ट्रफी साथमा अन्य आकर्षक पुरस्कारहरुको व्यवस्था गरिएको छ ।    
प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  २१:१९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP