शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • घुम्ती शिविर तथा क्षमता अभिबृद्धि तालिम सम्पन्न , शिविरमा तीन जिल्लाकाले लिए सेवा
घुम्ती शिविर तथा क्षमता अभिबृद्धि तालिम सम्पन्न , शिविरमा तीन जिल्लाकाले लिए सेवा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, चैत ६, २०८१
IMG_6487_-min
बेनी । सूचना तथा सञ्चार प्रविधि मन्त्रालय अन्तर्गतको सूचना तथा प्रसारण विभागको आयोजनामा म्याग्दीमा सञ्चालित घुम्ती शिविरबाट पत्रकार लाभान्वित भएका छन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको सहकार्यमा बेनी नगरपालिका–९, गलेश्वरमा सञ्चालित तीन दिनको तालिम तथा घुम्ती शिविरबाट मोफसलका पत्रकारहरु लाभान्वित भएका हुन् । तस्बिर हेर्न यहाँ क्लिक गर्नुहोस् दुर्गम क्षेत्रमा कार्यरत पत्रकारहरुको क्षमता अभिवृद्धि तालिम तथा प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण तथा अनलाइन सञ्चारमाध्यम दर्ता सम्बन्धी घुम्ती शिविरमा विभिन्न १६ जना पत्रकारहरुलाई प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण गर्नुका साथै तीनवटा नयाँ अनलाइन सञ्चारमाध्यम दर्ता गरिएको पत्रकार महासंघ म्याग्दीले जनाएको छ ।तीन दिनसम्म सञ्चालन भएको तालिम र घुम्ती शिविरबाट म्याग्दीसहित विभिन्न जिल्लाका पत्रकारहरुको प्रेस प्रतिनिधि प्रमाणपत्र जारी, अनलाइन दर्ता र नवीकरण गरिएको शाखा अध्यक्ष हरिकृष्ण गौतमले बताउनुभयो । घुम्ती शिविरमा म्याग्दीसहित पर्वत र बागलुङ जिल्लामा क्रियाशील पत्रकारहरुले सेवा लिएका थिए । तीन दिनसम्म सञ्चालित कार्यक्रमको समापनसत्रलाई सम्बोधन गर्दै सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियारले तालिमबाट पत्रकारहरुको क्षमता वृद्धिमा सहयोग पुग्ने बताउनुभयो ।उहाँले सूचना विभागद्वारा सञ्चालित तालिम तथा घुम्ती शिविर सञ्चालनमा पत्रकार महासंघ म्याग्दी शाखाले महत्वपूर्ण सहयोग पु¥याएकोमा आभार प्रकट गर्दै तालिमबाट सिकेका ज्ञान, सिपलाई कार्य क्षेत्रमा लागू गर्न सुझाव दिनुभयो । पत्रकार तथा सञ्चारकर्मीले आफ्नो क्षमता वृद्धि गरेर जिम्मेवारी पुरा गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । प्रेस काउन्सिल नेपालको पत्रपत्रिका सम्परिक्षण वितरण समितिका सदस्य एवं पर्वतका उद्यमी हरिओम शर्मा लामिछानेले नागरिक तथा आम पाठकवर्गले पत्रकारले कस्तो समाचार लेख्छन् भनेर मूल्याङ्कन गर्ने भएकाले समाजलाई सुसूचित गर्दै सत्य, तथ्य र सन्तुलित समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभयो ।तालिमको समापन गर्दै पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले जिल्लामा क्रियाशील पत्रकारहरुको क्षमता वृद्धि गर्न तथा जिल्लामै प्रेस प्रतिनिधि प्रमाणपत्र उपलब्ध, नवीकरण र अनलाइन सञ्चारमाध्यम दर्ताको सुविधा उपलब्ध गराउन सूचना विभागसँगको समन्वयमा शिविर ल्याइएको बताउनुभयो । तीन दिनसम्म चलेको तालिममा प्रमुख प्रशिक्षक एवं विषय विज्ञ डाक्टर विजयप्रसाद मिश्रले पत्रकारितासँग सम्बन्धित विभिन्न विषयहरुमा पत्रकारहरुलाई सहजीकरण गर्नुभएको थियो । दुर्गम क्षेत्रमा कार्यरत पत्रकारहरुको पेशागत क्षमता वृद्धि र जिल्लामा प्रेस पास वितरण तथा अनलाइन सञ्चारमाध्यम दर्ताका लागि शिविर सञ्चालन गरिएको थियो । कार्यक्रममा सूचना तथा प्रसारण विभागका निर्देशक पूर्णिमा उपाध्याय, जिल्ला हुलाक कार्यालय म्याग्दीका प्रमुख रमेश थापा, पत्रकार महासंघ म्याग्दीका संस्थापक अध्यक्ष घनश्याम खड्का र पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मीप्रसाद सापकोटाको विशेष उपस्थिति रहेको थियो । पत्रकार महासंघ म्याग्दीका अध्यक्ष गौतमको अध्यक्षता र सचिव ठाकुरप्रसाद आचार्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष एवं तालिम संयोजक अमित विश्वकर्माले मन्तव्य व्यक्त गर्नुभएको थियो भने सहभागीद्वय शिव बोहोरा र सुनिता किसानले अनुभव सुनाउनुभएको थियो । गएको आइतबारदेखि सुरु भई मङ्गलवार सम्पन्न तालिम तथा शिविरमा म्याग्दीबाट स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यमहरुमा रिपोर्टिङ गर्दै आइरहेका पत्रकार र सञ्चारकर्मीले सहभागिता जनाएका थिए ।
प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  २१:३२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP