शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • नेपाल बुद्धिजीवी परिषद् म्याग्दीको अध्यक्षमा बानियाँ
नेपाल बुद्धिजीवी परिषद् म्याग्दीको अध्यक्षमा बानियाँ
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, चैत १७, २०८१
buddijib-parishad myagdi
बेनी । डेक बहादुर बानियाँको अध्यक्षतामा नेपाल बुद्धिजीवी परिषद् म्याग्दीको नयाँ जिल्ला कमिटी चयन भएको छ ।कमिटीको उपाध्यक्षमा नारायण पौडेल, सचिव हिरा बहादुर बरुवाल, कोषाध्यक्ष खगेश्वर रिजाल र उपसचिबहरु बिष्णु रोका एवम् दिपक सुबेदी रहनु भएको छ । कमिटीको सदस्यहरुमा ज्ञानु बानिया, मनिता रायमाझी, छबि पुर्जा, शारदा सुबेदी, मुकुन्द रेग्मी, सुमन पौडेल, योगेश शर्मा, रघुनाथ न्यौपाने, रेगुन खत्री, डा. नन्द बहादुर खत्री, गोपाल के सी, जीबनाथ पौडेल, तारानाथ सुबेदी रहेको निवर्तमान अध्यक्ष गोरखनाथ सुवेदीले जानकारी दिनुभयो । कार्यक्रमको उद्घाटन सत्रमा नेपालमा पछिल्लो समय नकारात्मक सोच बोक्नेको संख्या बढ्दो क्रममा रहेको बताइएको थियो । नेपाल वुद्धिजिवि परिषद् म्याग्दीको सातौं जिल्ला अधिवेशनमा बोल्दै परिषद्का केन्द्रीय बरिष्ठ उपाध्यक्ष विधान आचार्यले खराब सोच र नकारात्मक प्रचारबाजी गर्नेको संख्या पछिल्लो समय बढ्दै गएको बताउनु भएको हो । नकारात्मक सोच र नकारात्मक प्रचारबाजीमै उद्दत हुनेहरुको समुह बढ्दा देशमा अराजकता र अस्थिरता फैलने उहाँको भनाई थियो । त्यही अस्थीरता र अराजकता फैलाउने समूहकै कारण शुक्रबार काठमाडौंमा पत्रकार सहित दुई जनाको मृत्यु हुनुका साथै कयौं घाइते र धेरै सम्पत्तीको नोक्सानी भएको हो । प्रतिनिधिसभाका पूर्व सदस्य भूपेन्द्रबहादुर थापाले संविधानका राम्रा पक्षका साथै गणतन्त्रको सुन्दरताको बारेमा सबैलाई बुझाउनु पर्ने धारणा राख्नु भएको थियो । उहाँले देशमा नकारात्मकताका साथै अराजक गतिविधि गर्नेहरुले आफ्नै मुलुक र राज्यसत्ताको बिरोध र बेइजत गर्न तर्फ लागेकोले यस्ता गविविधिका बिरुद्धमा सहि र सचेत बिचार आउन पर्ने उहाँको जोड थियो । उहाँले भन्नुभयो–भारत नेपालमा नियन्त्रीत अस्थिरता चाहन्छ र त्यसैको स्वरुप हिजो काठमाडौंमा भएको आन्दोलन हो ।कार्यक्रममा पूर्व मन्त्री नरदेवी पुन, नेपाल बुद्धिजीवी परिषद्का केन्द्रीय सदस्य प्राध्यापक डाक्टर राजेन्द्र चापागाइँ, नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदी लगायतले बोल्नु भएको थियो । गोरखनाथ सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नारायण पौडेलले गर्नुभएको थियो ।
प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  ११:५५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP