शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • नेपाल निजामति कर्मचारी सङ्गठन म्याग्दीले ३५औं स्थापना दिवस मनायो (तस्बिरहरु)
नेपाल निजामति कर्मचारी सङ्गठन म्याग्दीले ३५औं स्थापना दिवस मनायो (तस्बिरहरु)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, वैशाख ७, २०८२
IMG_7621
म्याग्दी । नेपाल निजामति कर्मचारी सङ्गठन म्याग्दीले आइतबार आफ्नो ३५औं स्थापना दिवस विविध कार्यक्रमको आयोजना गरी मनाएको छ । ‘सम्पूर्ण निजामति कर्मचारीहरु एकजुट होऔं, ‘संघीयतामा सुशासन, सामाजिक सुरक्षा र श्रमको सम्मान, राजनैतिक अधिकारसहितको टे«ड युनियन हाम्रो अभियान’ भन्ने नारासहित दिवस मनाइएको हो । दिवसको अवसर पारेर प्रकाशित नयाँ वर्ष २०८२ सालको भित्तेपात्रो (क्यालेन्डर) विमोचन गर्नुका साथै सङ्गठनको विकासमा पु¥याएको योगदानको कदरस्वरुप विभिन्न व्यक्तिहरुलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा मिना राम्जाली, भोलानाथ आचार्य, छविलाल उपाध्याय, मेघनाथ गैरे, राजेन्द्र आचार्य, रुचेन्द्र अधिकारी, युदेवी शाक्य, सुर्यबहादुर सुवेदी, रमेश अधिकारी, तेजकुमारी थापा र लिला थापामगर रहनुभएको छ । कार्यक्रमको उद्घाटन गर्दै नेपाल निजामति कर्मचारी सङ्गठनका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सह–इन्चार्ज तेजप्रसाद निउरेले २०४७ साल वैशाख ७ गते आजैका दिन नेपाल निजामति कर्मचारी सङ्गठनको स्थापना भई कर्मचारीहरुको हकहितका लागि विभिन्न कामहरु गर्दै आइरहेको बताउनुभयो । उहाँले कर्मचारीहरुको पेशागत सुरक्षा र हकहितको क्षेत्रमा सङ्गठित हुनलाई कसैको डर मान्नुनपर्ने बताउँदै सङ्गठनको तर्फदेखि संघीय निजामति कर्मचारी ऐन तत्काल जारी गर्न सरकारलाई निरन्तर रुपमा पहल गरिएको जानकारी दिनुभयो । सहइन्चार्ज निउरेले निजामति कर्मचारी सङ्गठनको नमस्ते गर्ने अभियान रहेकाले सेवाग्राहीलाई मुस्कानसहितको सेवा दिनुपर्ने बताउँदै उहाँले संघीय निजामति ऐन, शिक्षा ऐन र प्रहरी समायोजन ऐन तत्कालै जारी गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । महङ्गी वृद्धि हुने गरी तलव÷भत्ता बढाउने माग जायज नभएको भन्दै उहाँले कर्मचारीहरुलाई ग्रेडवृद्धि, प्रोत्साहन, यातायात खर्चलगायत शीर्षकमा सहुलियत दिनुपर्नेमा जोड दिनुभयो । सङ्गठित हुन पाउने तथा बार्गेनिङ गर्न पाउने कर्मचारीको नैसर्गिक अधिकार भएको उहाँको भनाइ छ । कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना र संविधान जारी भएको लामो समय भैसकेको अवस्थामा अब छिटै निजामति कर्मचारी ऐन जारी हुनुपर्ने बताउनुभयो । उहाँले निजामति कर्मचारीहरुले जनताको सेवालाई उच्च प्राथमिकता दिएर काम गर्नुपर्ने बताउनुभयो । एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले वर्तमान सरकारले लिएको सङ्कल्प ‘समृद्ध नेपाल सुखी नेपाली’को परिकल्पना पुरा गर्न तीनै तहका सरकारहरु लाग्नुपर्ने बताउनुभयो । उहाँले एमाले नेतृत्वको सरकारले देशमा शान्ति, विकास र सुशासन तथा समृद्धि कायम गर्न लागिपरेको भन्दै अहिले एमालेमाथि चौतर्फी आक्रमण भैरहेकाले सबै मिलेर परास्त गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बेनी नगरपालिका ६ नम्बर वडाका वडा अध्यक्ष कृष्णसिङ बानियाँ, नेपाल निजामति कर्मचारी सङ्गठनका केन्द्रीय सचिवालय सदस्य मिना राम्जाली, केन्द्रीय सदस्य लिलादेवी गौतम र गण्डकी प्रदेश सदस्य भोलानाथ आचार्यले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम नेपाल निजामति कर्मचारी सङ्गठनका जिल्ला अध्यक्ष सोमबहादुर केसीको अध्यक्षता, उपाध्यक्ष रबिन चोखालको स्वागत र सचिव भुवन रानाको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२  २१:५१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP