शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • क्षत्री समाज म्याग्दीको अध्यक्षमा बानियाँ, अधिकारका लागि लड्नुपर्नेमा जोड
क्षत्री समाज म्याग्दीको अध्यक्षमा बानियाँ, अधिकारका लागि लड्नुपर्नेमा जोड
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, जेठ ११, २०८२
received_1603236660364237
बेनी।क्षत्री समाज नेपाल जिल्ला कार्यसमिति म्याग्दीको छैटौं जिल्ला अधिवेशनबाट अध्यक्षमा कृष्णसिङ बानियाँ चयन हुनुभएको छ । शनिवार सदरमुकाम बेनीबजारस्थित समाजको आफ्नै भवनमा सम्पन्न अधिवेशनले आगामी तीनवर्षे कार्यकालका लागि बानियाँको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनबाट समाजको निवर्तमान अध्यक्षमा लक्ष्मी केसी, वरिष्ठ उपाध्यक्षमा देवेन्द्रबहादुर घिमिरे, उपाध्यक्षमा सन्जु बरुवाल, महिला उपाध्यक्षमा कमला खत्री घर्ती क्षत्री, सचिवमा यामबहादुर बानियाँ, कोषाध्यक्षमा हिराबहादुर कटुवाल, सहसचिवमा सीता थापा कुँबर र सहकोषाध्यक्षमा पवित्रा बोगटी केसी चयन हुनुभएको निर्वाचन समितिका संयोजक मोहन बानियाँले जानकारी दिनुभयो । यसैगरी कार्यसमिति सदस्यहरुमा सुनिता केसी, लक्ष्मी भण्डारी कार्की, सुन्दर केसी, घनश्याम खड्का, नरसिङबहादुर खत्री, दिनेश बानियाँ, विनोद घर्ती, डम्बरबहादुर पाण्डे, भेषबहादुर बानियाँ, विशाल खत्री, मिनबहादुर बानियाँ, दिपेन्द्र न्यौपाने क्षत्री, रुविना कार्की, निशा खत्री बानियाँ, रश्मी भण्डारी कुँबर र विष्णु पाण्डे निर्वाचित हुनुभएको क्षत्री समाज म्याग्दीले जनाएको छ । नवनिर्वाचित अध्यक्ष बानियाँले प्रतिबद्धता व्यक्त गर्दै सबैलाई समेटेर समग्र क्षेत्री बन्धुहरुको हकहिकतका लागि काम गर्ने बताउनुभयो । यसअघि अधिवेशनको उद्घाटन गर्दै क्षत्री समाज नेपालका केन्द्रीय अध्यक्ष रिबबहादुर थापाले राज्यले क्षत्री समुदायलाई विभेद र अन्याय गर्नुका साथै पाखा लगाएर क्षत्रीहरुले उठाएका आवाजको सुनुवाइ नगरेको आरोप लगाउनुभयो । उहाँले क्षत्री समाजले उठाएको माग र मुद्दाको राज्यले वेवास्ता गरेकाले देशभर छरिएर रहेका क्षत्री बन्धुहरुको सङ्गठनलाई बलियो बनाउनुपर्ने आवश्यकता औंल्याउँदै आफ्नो हक तथा अधिकारको लागि अझै पनि लडन्पर्नेमा जोड दिनुभयो । क्षत्री समाज नेपालका केन्द्रीय महासचिव कृष्णबहादुर थापाले २०७२ सालमा जारी नेपालको संविधानमा क्षत्रीलाई अन्य जातिको सूचीमा राखेर अधिकारबाट बञ्चित गराउने काम भएको बताउँदै आरक्षण जातीय आधारमा नभई वर्गीय आधारमा हुनुपर्ने बताउनुभयो । उहाँले विगतमा क्षत्री समाजको आन्दोलनले देशलाई जातीय राज्यमा लैजानबाट जोगाएको बताउँदै नेपालका करिब ७० लाख क्षत्री जातिहरुको हक अधिकारको ग्यारेन्टीसहित आवश्यक सहुलियतको व्यवस्था गर्न माग गर्नुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्री, बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसी, क्षत्री महिला समाजका केन्द्रीय अध्यक्ष उर्मिला खड्का, क्षत्री समाजको गण्डकी प्रदेश अध्यक्ष ईन्द्रमान खत्री, केन्द्रीय सदस्य नवराज भण्डारी, पर्वतका अध्यक्ष सरस्वती भण्डारी, बागलुङ अध्यक्ष रुद्र महत, बेनी नगरपालिका वडानम्बर ७ का वडाध्यक्ष रमेशकुमार श्रेष्ठ, रघुगंगा गाउँपालिका–२, राखुभगवतीका वडाध्यक्ष अमृत भण्डारी, क्षत्री समाज म्याग्दीका संस्थापक अध्यक्ष एकेन्द्रबहादुर रावल, सदस्य क्याप्टेन टेकबहादुर जिसी, म्याग्दी प्रवासी नेपाली संघ मोनाका संस्थापक अध्यक्ष प्रकाश पुन, पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम र मुस्लिम समाजका अध्यक्ष रहमद खानले मन्तव्य व्यक्त गर्नुभएको थियो । क्षत्री समाज म्याग्दीका निवर्तमान अध्यक्ष लक्ष्मी केसीको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष कृष्णसिङ बानियाँको स्वागत र सचिव हिमबहादुर भण्डारीको सञ्चालनमा सम्पन्न उद्घाटनसत्रमा राष्ट्रिय लोकभजन चुट्का संरक्षण प्रतिष्ठान म्याग्दीका अध्यक्ष नेत्रबहादुर महत, क्षत्री महिला समाज म्याग्दीका अध्यक्ष सन्जु बरुवाल र सम्मानित व्यक्ति हिराबहादुर कटुवालले मन्तव्य व्यक्त गर्नुभएको थियो । अधिवेशनमा समाजका अध्यक्ष केसीले संस्थागत, सचिव भण्डारीले प्रगति र निवर्तमान कोषाध्यक्ष यामबहादुर बानियाँले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । अधिवेशनको अवसरमा क्षत्री समाज म्याग्दीले यसअघि विभिन्न समयमा सञ्चालन गरेको अभियानहरुमा आवश्यक सहयोग पु¥याएका क्षत्रीहरुलाई मायाको चिनोसहित सम्मान गरिएको थियो भने क्षत्री समुदायका निर्वाचित जनप्रतिनिधि र विभिन्न संघसंंस्थामा प्रतिनिधित्व गरेका क्षत्री बन्धुहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो । कार्यक्रममा कलाकारहरुले नृत्य समेत प्रस्तुत गरेका थिए ।
प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  ०६:४४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP