शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • जामुनाखर्क माविमा आधारभूत सौन्दर्यकला तालिम सुरु
जामुनाखर्क माविमा आधारभूत सौन्दर्यकला तालिम सुरु
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, जेठ १२, २०८२
received_735765285650178
बेनी । म्याग्दीको बेनी नगरपालिका–६, अर्थुङ्गेमा सञ्चालित जामुनाखर्क माध्यमिक विद्यालयमा आधारभूत सौन्दर्यकला सम्बन्धी तालिम सुरु भएको छ । बेनी नगरपालिकाको आर्थिक सहयोग र जामुनाखर्क माविको आयोजनामा ‘हामी सक्छौं, हार्मी गर्छौं’ कार्यक्रम अन्तर्गत आइतबारदेखि तालिम सञ्चालन गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै जामुनाखर्क माविको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यादवप्रसाद सुवेदीले निःशुल्क रुपमा विद्यालयमा सञ्चालित तालिमलाई भरपुर सदुपयोग गर्न सहभागीलाई सुझाव दिनुभयो । उहाँले माध्यमिक शिक्षा परीक्षा (एसइई) र कक्षा १२ को परीक्षा दिएर बसेका छात्राहरुलाई लक्षित गरेर सञ्चालन भएको तालिममा सिप सिकेर दैनिक जीवनमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । विद्यालयका प्रधानाध्यापक सोमनाथ ढुङ्गानाले बेनी नगरपालिकाले विगत तीन वर्षदेखि ‘हामी सक्छौं, हामी गर्छौं’ कार्यक्रम सञ्चालन गरेको बताउँदै विद्यार्थीहरुले विद्यालय तहको अध्ययन सकेर विद्यालय छोड्दै गर्दा एउटा भए पनि सिप सिकुन् भनेर कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले यसअघि दुईवर्ष विद्यालयमा प्लम्बिङ र वाईरिङ सम्बन्धी विषयक तालिम सञ्चालन गरिसकिएको बताउँदै यसवर्ष सौन्दर्यकला सम्बन्धीको कक्षा आयोजना गरिएको बताउनुभयो । तालिमका प्रमुख प्रशिक्षक सौन्दर्यकला व्यवसायी संघ म्याग्दीका अध्यक्ष गंगा थापा कार्कीले निःशुल्क रुपमा सञ्चालित तालिमको विद्यार्थीहरुले भरपुर रुपमा उपयोग गर्नुपर्ने बताउनुभयो । प्रजिया व्युटी पार्लर एण्ड टे«निङ सेन्टरका प्रोप्राइटर समेत रहनुभएकी अध्यक्ष थापाले जुनसुकै पनि सिपहरु सिकेपछि आत्मनिर्भर बन्न सकिने बताउँदै विदेश जाने क्रममा समेत काम लाग्ने बताउनुभयो । विद्यालयको शिक्षक अभिभावक संघका अध्यक्ष मुक्तिप्रसाद शर्माको विशेष उपस्थिति रहेको कार्यक्रम विव्यस अध्यक्ष सुवेदीको अध्यक्षता र विद्यालयका शिक्षक टेकबहादुर चोखालको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा विद्यालयका शिक्षकहरु तथा विद्यार्थीको उपस्थिति रहेको थियो । १५ जना सहभागी सौन्दर्यकलाको तालिम एक महिनासम्म चल्नेछ ।
प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  ०८:०३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP