शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • जिल्लास्तरीय अन्तर मावि लोकनृत्य प्रतियोगिताको उपाधि प्रकाश माविलाई
जिल्लास्तरीय अन्तर मावि लोकनृत्य प्रतियोगिताको उपाधि प्रकाश माविलाई
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, जेठ १५, २०८२
winner-1-2-1536x1152
म्याग्दी। म्याग्दी जेसीजको २७ औँ स्थापना दिवसको अवसरमा सञ्चालन भएको जेसीज सप्ताह २०८२ अन्तर्गत विहिवार आयोजित २१ औँ जिल्ला स्तरीय अन्तर मावि रनिङ्ग कप लोकनृत्य प्रतियोगितामा प्रकाश माध्यमिक विद्यालय बिजयी भएको छ ।सदरमुकाम बेनीमा सम्पन्न भएको २१ औँ जिल्ला स्तरीय अन्तर मावि रनिङ्ग कप लोकनृत्य प्रतियोगितामा सदरमुकाम बेनीमा रहेको प्रकाश माविका विद्यार्थी कलाकारहरुको टोलीले उपाधि हात पारेका हुन् । विभिन्न ११ विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा माउण्ट एभरेष्ट आवासिय मावि द्धितीय र न्यू वेष्ट प्वाइन्ट आवासिय मावि। तृतीय हुन सफल भएको प्रतियोगिताका संयोजक कपिल बानियाँले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुन सफल समूहलाई नगद १८ हजार रुपैयाँ को साथमा रनिङ्ग कप , ट्रफि र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ ।­ त्यसैगरि द्धितीय र तृतीय हुन सफल समूहलाई क्रमश नगद  १२ हजार र ८ हजार रुपैयाँको साथमा ट्रफि र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ । प्रतियोगितामा बेनी बोडिङका सिरिया पुन उत्कृष्ट डान्सर र उत्कृष्ट कोरियाग्राफरमा माउण्ट एभरेष्टका मोहित परियार घोषित भएका छन् । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य हरिबहादुर भण्डारी, नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष सन्दिप खत्री, पूर्व राष्ट्रिय अध्यक्ष धनञ्जयकुमार श्रेष्ठ, म्याग्दी जेसीजका संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठ, शाखा अध्यक्ष विनोद घर्ति क्षेत्री लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य भण्डारीले युवाहरुको व्यक्तित्व विकास संगै जेसीजले समाजको नेतृत्व गर्न सक्ने सक्षम युवा उत्पादनमा उल्लेखनीय भूमिका खेलेको बताउनुभयो । कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष खत्री र म्याग्दी जेसीजका संस्थापक अध्यक्ष श्रेष्ठले म्याग्दी जेसीजले विद्यार्थीहरुलाई केन्द्रिय गरेर आयोजना गर्ने साँस्कृतिक र खेलकुद प्रतियोगिताहरुले जिल्लामा खेलकुद र कला संस्कृतिको विकासमा टेवा पु¥याएको चर्चा गर्नुभएको थियो । शाखा अध्यक्ष क्षेत्रीको अध्यक्षता, जेसीज सप्ताहका मूल संयोजक सज्जन श्रेष्ठको स्वागत र कार्यक्रम संयोजक कपिल बानियाँ तथा सहसचिब गोकुल सुनारको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । उक्त अवसरमा जेसीज सप्ताह अन्तर्गत आयोजित विभिन्न प्रतियोगिताका बिजेताहरुलाई पुरस्कार वितरण समेत गरिएको थियो । जेसीज सप्ताहको अवसरमा अन्तर जेसीज सदस्य हाजिरी जवाफ प्रतियोगिता, मेरो विद्यालय कार्यक्रम अन्तर्गत आँखा जाँच, बेनी नगरपालिका ४ तातोपानीमा प्रभाबकारी उद्घोषणकला तालिम , अन्तर विद्यालय निवन्ध लेखन प्रतियोगिता र म्याग्दी जेसीज र पत्रकार महासंघ म्याग्दी बिच मैत्रिपूर्ण फुटसल समेत सम्पन्न भएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  २३:००
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP