शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • प्रथम अन्नपूर्ण पर्यटन महोत्सव सम्पन्न
प्रथम अन्नपूर्ण पर्यटन महोत्सव सम्पन्न
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, माघ २१, २०७६
mahostsab (1)

सन्तोष गौतम

नारच्याङ, मंगलबार माघ २१ गते । म्याग्दीको अन्नपूर्ण गाउपालिका–४ नारच्याङमा सञ्चालित प्रथम अन्नपूर्ण पर्यटन महोत्सव मंगलबार सम्पन्न भएको छ ।

अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने “मौरिस हर्गोज टे«ल” पदमार्ग सञ्चालनको लागि अन्नपूर्ण गाउपालिकाले नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर महोत्सव आयोजना गरेको हो ।

पाँच दिनसम्म सञ्चालन भएको महोत्सवको अवसरमा अध्यक्ष कप खेलकुद प्रतियोगिता अन्तरगत वडा स्तरीय प्रौढ, महिला, पुरुष भलिबल र बास्केटबल प्रतियोगिता, एकल र सामुहिक नृत्य प्रतियोगिता र सांस्कृतिक कार्यक्रम गरिएको प्रचारप्रसार समितिका संयोजक कृष्णप्रसाद बरुवालले बताउनुभयो ।

अन्नपूर्ण आधार शिविर लगायत धार्मिक, पर्यटकीय स्थलको तस्बिर र वृत्तचित्र प्रर्दशनी गरिएको थियो । गाउँपालिकामा बसोबास गर्ने मगर, थकाली, क्षेत्री, दलित समुदायको मौलिक पहिचान झल्कने नृत्य र गित प्रस्तुत भएको थियो ।

गाउँपालिकाले तयार पारेको मौरिस हर्गोज पदमार्गको नक्सा सार्वजनिक गरिएको थियो । आठ वर्षअघि विश्वकौ दसौ र नेपालको नवौ ९आठ हजार ९१ मिटर० अग्लो अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने सबैभन्दा छोटो पदमार्ग पहिचान भएको थियो । सन १९५० को जुन ३ मा फ्रान्सका मौरिस हार्गोजले पहिलो पटक अन्नपूर्ण हिमालको आरोहण गरेका थिए ।

महोत्सवको माध्यमबाट नारच्याङ हुदै अन्नपूर्ण आधार शिविर जाने छोटो र सजिलो पदमार्ग तयार भएको सन्देश फैलाउनु सफल भएको गाउपालिकाका अध्यक्ष डमबहादुर पुनले बताउनुभयो ।

महोत्सवको समापन कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री गगन थापाले नेपालीको अवस्था परिवर्तन गर्ने सबैले काम गर्ने तौर तरिका बदल्नुपर्ने बताउनुभयो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका थापाले सरकार र प्रतिपक्ष ठिक दंगले नचलेको टिप्पणी गर्नुभयो ।
सरकारले गरेका काम र संसदमा कानुन बनाउन प्रस्तुत गरेका बिधेकले राम्रो संकेत नगरेपनि निराश हुनुपर्ने अवस्था नरहेको बताउनुभयो । उहाँले नेपालको गरिबी र बेरोजगारीको समस्या हटाउन यो पुस्ताले अन्तिम पटक मेहनत गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।

सबैले आफूले पाएको जिम्मेवारी पुरा गर्नतर्फ अग्रसर बन्नुपर्ने बताउनुभयो । ठूलो सपना देख्ने भन्दा पनि स्थानीय स्तरमा सम्भव भएका र तत्काल सुधार गर्न सकिने कामबाट सुरु गर्नुपर्ने थापाको भनाई थियो ।

संघीय ब्यवस्थाले गाउँका जनताको नजिकमा सरकारको उपस्थिति गराएको बताउदै थापाले स्थानीय स्तरमा योजना बनाउन र कार्यान्वयन गराउन युवा पुस्ताले अग्रसरता देखाउनुपर्ने बताउनुभयो । गाउँमा पुगेका विकासको पूर्वाधार तथा सुबिधा उपभोग गर्ने जनसंख्यालाई टिकाई राख्नु अहिलेको मुख्य चुनौीत भएको बताउनुभयो ।

स्थानीय तहहरुले युवालाई रोजगारिसंगै विकासमा परिचालन तथा ब्यवसाय, उद्यममा अग्रसर बनाएर स्वदेशमै बस्ने वातावरण बनाउनुपर्ने बताउनुभयो । राजनीतिक स्थिरता भएको बेला गरिबी, बेरोजगारी, भ्रष्ट्राचार जस्ता समस्या हटाउने उयुक्त अवसर भएको बताउनुभयो । वाइट
कार्यक्रममा संबिधानसभाका सदस्य रेशमबहादुर बानिया र नेकपा म्याग्दीका सचिव हरिकृष्ण श्रेष्ठले अन्नपूर्ण आधार शिविरलाई म्याग्दीको नयाँ पर्यटकीय गन्तब्य स्थल बनाउन जोड दिनुभयो । रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले रघुगंगा, अन्नपूर्ण र थासाङ गाउँपालिकाको समन्वयमा कालीदह क्षेत्रमा नयाँ पर्यटकीय स्थल बनाउन लागिएको जानकारी दिनुभयो ।

टानका अध्यक्ष खुमबहादुर सुवेदीले भ्रमण वर्षसंगै पर्यटकीय गतिबिधि बढेकोमा खुसी व्यक्त गर्दै यसलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । नेपालको आर्थिक विकासको प्रमुख आधार पर्यटन उद्योग भएको बताउदै सडकका कारण पुराना पदमार्ग विस्थापित भएको अवस्थामा अन्नपूर्ण आधार शिविर जस्ता नयाँ ठाउँको पर्यटन विकासमा जुट्नुपर्ने बताउनुभयो ।

अन्नपूर्ण आधार शिविरको पर्यटन विकासका लागि पूर्वाधार निर्माणमा लगानी गर्नुपर्ने बताउनुभयो । गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत नविन सुवेदी र स्वागत गाउँ कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक ओमप्रकाश फगामीले गर्नुभएको थियो ।


प्रकाशित मिति: मंगलबार, माघ २१, २०७६  २१:०६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP