शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • दाना र घारमा बालविवाह तथा दाइँजो प्रथा न्यूनीकरणबारे सचेतना
दाना र घारमा बालविवाह तथा दाइँजो प्रथा न्यूनीकरणबारे सचेतना
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, जेठ १७, २०८२
Messenger_creation_15758ED5-59BA-4A2E-8748-CDD2D1937E2C
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६,घारमा सामाजिक कुरिती विरुद्धको अभियानअन्तर्गत बालविवाह र दाइँजो प्रथा न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय र मिलन म्याग्दीको आयोजना तथा अन्नपूर्ण गाउँपालिकाको सहकार्यमा शुक्रवार कार्यक्रम गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले समुदायमा हुने बालविवाहलाई अन्त्य गर्नुपर्ने बताउनुभयो । उहाँले २० वर्ष उमेर पुरा भएपछि मात्रै विवाह गर्नुपर्ने बताउँदै कसैले ललाइफकाई वा जबरजस्ती विवाह गरिदिएमा कानुन अनुसार दण्ड र सजाय हुने बताउनुभयो । उहाँले सानै उमेरमा विवाह गर्नाले पछि गएर महिलाको स्वास्थ्यमा विभिन्न समस्याहरु देखिने हुँदा सतर्क रहनुपर्नेमा जोड दिनुभयो । सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख तारानाथ सुवेदीले कार्यालयमार्फत समुदायस्तरमा महिला, बालबालिका, ज्येष्ठनागरिक, अपाङ्गता, अल्पसङ्ख्यक, यौनिक अल्पसङ्ख्यक समुदाय लक्षित विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने गरिएको बताउनुभयो । उहाँले सामाजिक विकास कार्यालयले सचेतनामूलक थुप्रै कार्यक्रमहरु गर्दै आइरहेको बताउँदै समुदायमा रहेको कुरिती, अन्धविश्वास, दाइँजो र बालविवाह जस्ता समस्याहरुको समाधान गर्नको लागि स्थानीयवासी तथा सरोकारवाला सबै मिलेर अगाडि बढ्नुपर्ने बताउनुभयो । म्याग्दीका प्रहरी नायव उपरीक्षक सुर्यबहादुर थापाले समुदायमा हुने मानवअधिकार उल्लङ्घन तथा जघन्य अपराधहरुको बारेमा प्रहरीलाई समयमै सूचना दिन आग्रह गर्दै समाजमा अमनचयन र शान्ति कायम गर्न सम्बन्धित सबै पक्षहरु एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै मिलन म्याग्दीका अध्यक्ष दिलमाया बिटालुले ग्रामीण क्षेत्रमा रहेको बालविवाह, लैङ्गिक हिंसा, घरेलु समस्यालगायत घटनाहरुको पहिचान गरी कानुनी उपचार तथा सचेतना फैलाउने उद्देश्यले कार्यक्रम गरिएको जानकारी दिनुभयो । मिलन म्याग्दीले जिल्लास्थित विभिन्न पालिका र कार्यालयसँगको समन्वयमा सचेतनाका कार्यक्रमहरु गर्दै आइरहेको जनाएको छ । उक्त कार्यक्रममा बालविवाह न्यूनीकरण गर्नको लागि समुदायस्तरमा सञ्चालन गर्न सकिने सचेतनामूलक कार्यक्रमहरुको कार्ययोजना समेत निर्माण गरिएको छ । कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष पुनले राष्ट्रिय महिला अधिकार दिवस, बालविवाह, कानुनी उपचार तथा प्रहरी नायव उपरीक्षक थापाले नेपालमा बालविवाहको अवस्था, कारण, असर, न्यूनीकरणका उपायहरु तथा कानुनी व्यवस्था र दाइँजो प्रथा, मिलन म्याग्दीका अध्यक्ष बिटालुले बालविवाह न्यूनीकरणको कार्ययोजना निर्माणमा सहजीकरण गर्नुभएको थियो । कार्यक्रमको समापन गर्दै अन्नपूर्ण–६, घारका वडा अध्यक्ष रामबहादुर खड्काले वडास्तरमा बालविवाह न्यूनीकरण, लैङ्गिक र घरेलु हिंसाको अन्त्य, सुरक्षित समाज निर्माणलगायत विभिन्न सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको बताउनुभयो । वडाध्यक्ष खड्काको अध्यक्षता र मिलन म्याग्दीका कर्मचारी राम खड्काको सञ्चालनमा सम्पन्न कार्यक्रममा सहभागी विष्णु बरुवालले अनुभव सुनाउनुभएको थियो । सोही कार्यक्रमकै अवसरमा सातौं राष्ट्रिय महिला दिवसको अवसर पारेर घारमा प्रभातफेरी ¥यालीसहित सचेतनामूलक कार्यक्रम पनि सम्पन्न भएको छ । महिला अधिकारसँग सम्बन्धित विभिन्न नाराहरु लेखिएका प्लेकार्डसहित गाउँ परिक्रमा गर्दै महिला अधिकार दिवस मनाइएको थियो । यसअघि बिहीबार अन्नपूर्ण–३, दानामा पनि सामाजिक कुरिती विरुद्धको अभियानअन्तर्गत बालविवाह र दाइँजो प्रथा न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । वडा अध्यक्ष रमेश पूर्जाको अध्यक्षतामा कार्यक्रम गरिएको थियो ।
प्रकाशित मिति: शनिबार, जेठ १७, २०८२  २२:२५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP