शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दी बिम समाज यूकेको अध्यक्षमा जुग्जाली
म्याग्दी बिम समाज यूकेको अध्यक्षमा जुग्जाली
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, साउन १७, २०८२
xca9a1944-f660-4c2c-b1b3-6febc9936c5f.jpg.pagespeed.ic.lAlcmrtl-i
युके ।म्याग्दीको मालिका गाउँपालिका -७, घर भइ हाल विभिन्न सिलसिलामा संयुक्त अधिराज्य बेलायत (यूके)मा बसोबास गर्ने बिमबासीको साझा संस्था म्याग्दी बिम समाज यूकेको अध्यक्षमा मन्दिप जुग्जाली मगर चयन हुनुभएको छ ।आइतबार स्यानडर्स कमिनिटी सभाहलमा सम्पन्न ७ औं अधिवेशन तथा १७ औं बार्षिक भेटघाट कार्यक्रमबाट अध्यक्ष पदमा जुग्जाली चयन हुनुभएको हो । अधिवेशनबाट प्रथम उपाध्यक्ष प्रविन राना,उपाध्यक्ष रबिन पुन,सचिव नेत्र फगामी,सह–सचिव मनोज जुग्जाली,कोषाध्यक्ष सर्वजित जुग्जाली,सह–कोषाध्यक्ष तुक्लाल पुन,सांस्कृतिक संयोजक लक्मान पुन, सञ्चार सचिव चित्र पाईजा रहनुभएको पूर्व अध्यक्ष कृष्ण जुग्जालीले बताउनुभयो । समाजको कार्यसमिति सदस्यहरू बिष्णु जुग्जाली,जालमायाँ गर्बुजा,मनदेवी जुग्जाली, कोपिला जुग्जाली,भुमी फगामी, खिम जुग्जाली, मन बहादुर पुन र सुरज जुग्जाली रहनुभएको छ । अधिवेशन तथा बार्षिक भेटघाट कार्यक्रमको उद्घाटन गदैं मोना युकेका अध्यक्ष पदम सुन्दर गर्बुजाले आफ्नो गाउँमा शिक्षा, स्वास्थ्य, धार्मिक तथा पर्यटकीयस्थल, विपद् लगायत विभिन्न क्षेत्रमा समाजले करोडौं योगदान गरेको बताउनुभयो । कार्यक्रममा पुर्व सांसद नर बहादुर पुन, मालिका गाउँपालिका–५,वडा अध्यक्ष मिम पुन, मगर संघ युकेका अध्यक्ष लाल बहादुर पुनले आफ्नो जन्मभुमीका लागि कर्मभूमीबाट गरेका योगदानको चर्चा गर्नुभएको थियो । अधिवेशनमा मोना यूकेका पूर्व अध्यक्ष दल जुग्जाली, समाजका संस्थापक अध्यक्ष झलक गर्बुजा, पूर्व अध्यक्ष नरबहादुर पाईजा लगायत विभिन्न गाउँ समाजका अध्यक्ष तथा प्रतिनिधिलाई निर्वतमान अध्यक्ष अध्यक्ष कर्ण जुग्जालीले धन्यवाद दिदैं अगामी दिनमा पनि सहकार्यका लागि अनुरोध गर्नुभयो । किसानी सञ्जीविनि अक्षय कोषका आर्थिक सहयोग गर्ने सहयोगदातालाई कोषका संयोजक कृष्ण जुग्जालीले सम्मानपत्र प्रदान गर्नुभएको थियो । सन् २००८ मा स्थापना भएको समाजले हालसम्म गाउँमा विभिन्न क्षेत्रमा २ करोड ५३ लाख भन्दा बढी सहयोग गरेको छ । सोही अवसरमा नेपालबाट आउनुभएका कलाकार अनुपा रोका मगर, सन्तोष पुन र बिम समाज यूकेका कलाकारहरुले प्र्रस्तुती दिनुभएको थियो । कार्यक्रमको अध्यक्षता अध्यक्ष कर्ण जुग्जाली, स्वागत मन्दिप जुग्जाली र सञ्चालन रविन पुनले गर्नुभएको थियो ।
प्रकाशित मिति: शनिबार, साउन १७, २०८२  २२:४१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP