शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • गलेश्वर शिवालय क्षेत्र विकास कोषको सदस्य सचिवमा थापा
गलेश्वर शिवालय क्षेत्र विकास कोषको सदस्य सचिवमा थापा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, साउन १८, २०८२
galeshwor shivalay sachib
बेनी । गलेश्वर शिवालय क्षेत्र विकास कोषको कार्यसमिति सदस्य सचिवमा सम्मरबहादुर थापा चयन हुनुभएको छ ।गत चैत २३ गते भएको आठौ अधिवेशन एवम् १९ औ कार्यकारी सभाबाट माधवप्रसाद रेग्मीको अध्यक्षतामा सदस्य सचिव बाहेकका पदमा सर्वसम्मत पदाधीकारी र सदस्यहरु चयन हुनुभएको थियो ।बिहिबारको कोषको बैठकले बेनी नगरपालिका–९,का थापालाई सदस्य सचिवमा चयन गरेको हो । सदस्य सचिवमा चयन भएका थापासँग बेनी सामुदायिक माविको अध्यक्ष र पर्वत बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको कोषाध्यक्ष लगायत पदमा रहेर काम गरेको अनुभव छ । कोषको उपाध्यक्षमा बमबहादुर पुन, कोषाध्यक्षमा कुमारी रोका, सदस्यहरुमा रमेश प्रसाद सुवेदीर रामजी शर्मा, पुयण्बहादुर चोखाल, टेकबहादुर बानियाँ, मनु पुन फगामी, देवी प्रसाद छन्त्याल, लक्ष्मीकुमारी केसी (कार्की), पूर्णबहादुर बानियाँ, धनप्रसाद रोका, रामजी शर्मा, र मनोज पौडेल चयन हुनुभएको थियो ।सोही अवसरमा वडा अध्यक्ष चक्रबहादुर केसीले धार्मिक तथा पर्यटकीय गन्तब्यको रुपमा स्थापित गलेश्वर मन्दिरमा आवश्यक पुर्वाधार विस्तार सहित भक्तजनलाई सहज हुने गरी नयाँ नयाँ योजना ल्याउनुपर्ने बताउनुभयो । कार्यक्रममा कार्यसमितिका पदाधिकारी, सदस्यहरुको उपस्थिती रहेको थियो । काली गण्डकी नदी किनारमा ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वरलाई विश्वकै अलौकिक धार्मिक स्थल भन्ने गरिन्छ।
प्रकाशित मिति: आइतबार, साउन १८, २०८२  २२:२०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP