शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • राष्ट्रिय सूचना दिवस मनाइयो
राष्ट्रिय सूचना दिवस मनाइयो
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, भदौ ३, २०८२
Untitled-1
म्याग्दी । म्याग्दीका सूचनाको हकसम्बन्धी ऐन लागु भएको दिनको सम्झनामा प्रकाश माविमा एक कार्यक्रम गरी राष्ट्रिय सूचना दिवस मनाइएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीको आयोजना, जिल्ला हुलाक कार्यालयको सह–आयोजनामा कक्षा ११ विज्ञान विषयमा अध्ययनरत विद्यार्थीहरुलाई सूचनाका हक सम्बन्धित जानकारी दिएर १९ औं राष्ट्रिय सूचना दिवस मनाइएको हो । दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा भुवन रानाले सूचनाको हक, सूचना कसरी माग्ने, सूचना मागको महत्व लगायतका विषयमा सहजीकरण गर्नुभयो । हरेक नेपाली नागरिक सूचनाको मालिक भएकाले आफुलाई आवश्यक पर्ने सूचनाहरू सजिलै सम्बन्धित निकायबाट माग्न सकिने बताइएको थियो । कार्यक्रममा प्रकाश माविका सहयाक प्रअ एवम् सूचना अधिकारी विनय श्रेष्ठ, नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले सूचनाको हक तथा प्रयोगका विषयमा आफ्नो भनाई राख्नुभएको थियो ।जिल्ला हुलाक कार्यालय म्याग्दीकी सूचना अधिकारी कलादेवी शर्मा रिजालको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा विद्यालयका उच्च मावि संयोजक कविराम थापा लगायतको उपस्थिती रहेको थियो । २०६४ साल साउन ५ गते सूचनाको हकसम्बन्धी ऐन प्रमाणीकरण भई भदौ ३ गतेदेखि लागु भएको स्मरणमा दिवस मनाउने गरिन्छ । नेपालको संविधान २०७२ को मौलिक हक अन्तर्गत धारा २७ मा सूचनाका हक सम्बन्धि व्यवस्था गरिएको छ । आम नागरिकले सूचना माग्न नआएपनि सार्वजनिक कार्यालयले सूचना तीन तीन महिनामा सार्वजनिक गर्नुपर्ने बिधि भएअनुसार कार्यान्वयन गर्नुपर्ने सूचनाको हक सम्बन्धी ऐनमा उल्लेख छ । प्रत्येक नागरीकले आफनो हकको सूचना पाउनका लागि सम्बिन्धत निकायको सुचना अधिकारीलाई गएर निवेदन दिनुपर्ने र त्यस अनुसार कार्यालयले सूचना १५ दिनभित्र उपलब्ध गराउनुपर्नेछ । १५ दिनमा सुचना उपलब्ध नभएमा १६ औ दिनमा त्यही कार्यालयका प्रमुखमा उजुरी दिने र त्यसको जानकारी थप ७ दिनमा उपलब्ध गराउनुपर्ने ऐनमा उल्लेख भएपनि त्यस अवधिमा पनि उपलब्ध नभएमा त्यसको २३ औ दिनमा सूचना अधिकारी र कार्यालय प्रमुखकोविरुद्धमा सूचना आयोगमा मुद्धा दायर गर्न अर्थात पुनराबेदन दर्ता जारी गर्न सकिन्छ । सूचना नदिने कार्यालय प्रमुख र सुचना अधिकारीलाई जरिवाना र सजाय समेत हुन्छ ।
प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२  १९:०२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP