शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • कांग्रेस म्याग्दीका नेता तथा कार्यकर्तालाई प्रशिक्षण
कांग्रेस म्याग्दीका नेता तथा कार्यकर्तालाई प्रशिक्षण
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, भदौ १३, २०८२
WhatsApp Image 2025-08-29 at 20.34.50 (2)
बेनी । नेपाली कांग्रेस म्याग्दीका नेता तथा कार्यकर्तालाई नेतृत्व विकास ,युवा ,रोजगार र क्षमता विकास सम्बन्धी प्रशिक्षण दिइएको छ । नेपाली कांग्रेस गण्डकी प्रदेश प्रशिक्षण विभागकाको आयोजना र कांग्रेस म्याग्दीको प्रशिक्षण शाखाको व्यवस्थापनमा नेता तथा कार्यकर्तालाई एक दिने प्रशिक्षण दिइएको हो । प्रदेश सभा सदस्य सांसद समेत रहनुभएकी कांग्रेस गण्डकी प्रदेश कार्यसमिति उपसभापति , प्रशिक्षण विभाग प्रमुख कल्पना तिवारीको अध्ययक्षता र कांग्रेस म्याग्दीका कार्यवाहक सभापति तथा प्रशिक्षण शाखा संयोजक हरिकुमार श्रेष्ठको स्वागत एवं कांग्रेस म्याग्दीका सहसचिव श्रीराम पौड्यालको संचालनमा बेनी स्थित शिखर होटलमा एक दिने प्रशिक्षण कार्यक्रम संचालन भएको थियो । कार्यक्रममा जिल्ला स्थित पार्टीका नेता तथा कार्यकर्ता/जनप्रतिनिधि ,महाधिवेशन प्रतिनिधि ,महासमिति सदस्यहरु ,वडा इकाइ कार्यसमिति ,गाउँपालिका र प्रदेश सभा निर्वाचन क्षेत्र (क) र (ख)का पदाधिकारी लगायत नेता तथा कार्यकर्ताहरुको सभागिता रहेको थियो । कार्यक्रममा सहमहामन्त्री कोपिला रानाभाट , प्रदेश सभा सदस्य सांसद पार्वती तामाङ ,कांग्रेस प्रदेश कार्यसमिति सदस्य सिता काफ्ले लामिछाने ,प्रदेश कार्यसमिति महिला विभाग प्रमुख सकुन्तला शर्मा ,महाधिवेशन प्रतिनिधि तथा महासमितिको तर्फबाट कांग्रेस म्याग्दीका पुर्व सहसभापति नेत्रबहादुर महत ,कांग्रेस म्याग्दीका उपसभापति केवी भण्डारी ,रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी ,नेपाल महिला संघ म्याग्दीकी अध्यक्ष निर्मला श्रेष्ठ लगायतले पार्टी संगठनलाई थप बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएर उर्जा ,जलस्रोत तथा सिंचाइ राज्यमन्त्री बनेपछि पहिले अन्य मन्त्रीको तुलनामा जिल्लामा धेरै बजेट भित्रिएकोले यसको सहि कार्यान्वयन गरी पुर्णता दिन सबैले ध्यान दिनुपर्ने उहाँहरुको भनाइ थियो । कांग्रेस नेतृत्वमा भएका राम्रा कामहरुको प्रचारप्रसार गर्न समेत आग्रह गरिएको थियो ।कांग्रेस म्याग्दीका सहसचिव श्रीराम पौड्यालका अनुसार, प्रदेश प्रशिक्षण विभाग उपप्रमुख डा. कुशुमाकर न्यौपानेले युवा ,रोजगार र क्षमता विकास सम्बन्धी तथा प्रशिक्षण विभाग सदस्य दिपेन्द्र पराजुलीले नेतृत्व विकास सम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।  
प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०८२  २०:४०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP