शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • मालिकाको छापमा निर्माण भएको सामुदायिक भवन उद्घाटन
मालिकाको छापमा निर्माण भएको सामुदायिक भवन उद्घाटन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, भदौ १८, २०८२
Chapa building (1)
छाप। म्याग्दीको मालिका गाउँपालिका–४, छापमा न्यु सोले आमा समूहको सामुदायिक भवन निर्माण भएको छ । गत आर्थिक वर्षमा गण्डकी प्रदेश सरकार अन्तर्गत सामाजिक विकास कार्यालय, म्याग्दी मार्फत  १० लाख रुपैयाँ बजेट र स्थानीयबासीको श्रमदानमा भवन निर्माण भएको हो । भवन निर्माण भएपछि भेला, बैठक, तालिम, गोष्ठि सञ्चालन गर्न सहज भएको उपभोक्ता समितिका अध्यक्ष डम्मर रसाइलीले बताउनुभयो । भोजतरेर र सामाजिक कार्यका लागि भवन सहयोगी बनेको छ । छापका करिब ५० घरपरिवार लाभान्वित भएका छन् । सभाहल सहितको भवन करिब एक सय जना क्षमताको छ । नयाँ भवनको परिसरमा रहेको पुरानो भवन भने मालिका गाउँपालिकाको तीन लाख रुपैयाँ बजेटबाट मर्मत गरिएको छ ।भवनको गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जालीले बुधबार उद्घाटन गर्नुभयो । उक्त कार्यक्रममा प्रदेश सरकारका पूर्व मन्त्री समेत रहेका जुग्जालीले छापका बासिन्दाले भोट माग्ने क्रममा आफूहरुसँग राखेको सामुदायिक भवनको माग पुरा गर्ने प्रतिवद्धता कार्यान्वयन गरेको बताउनुभयो । उहाँले आफूहरुको पहलमा सुरु भएको छाप, ओखरबोट लगायत म्याग्दीका दुई हजार दुई सय घरमा केन्द्रिय प्रशारण लाइनको विद्युत विस्तार योजना अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । म्याग्दीमा देखिने र सर्वसाधारणले महशुस गर्ने गरेर विकासका गतिबिधी सञ्चालन भइरहेको उहाँले बताउनुभयो ।मालिका गाउँकार्यपालिकाका प्रवत्ता तथा माओवादी केन्द्रका गाउँपालिका अध्यक्ष अनुप गौचन र कार्यपालिका सदस्य दलबहादुर खड्काथोकीले छापबासीको समस्या र आवश्यकता पुरा गर्न पहल तथा समन्वयलाई निरन्तरता दिने बताउनुभयो ।कार्यक्रममा माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य तथा धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो । स्थानीयबासीहरुले भवनलाई घेराबार र छाप जोड्ने सडक मर्मत गरि यातायात सञ्चालनको व्यवस्था मिलाउन आग्रह गरेका थिए ।
प्रकाशित मिति: बुधबार, भदौ १८, २०८२  २०:४१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP