शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • मिलन म्याग्दीको अध्यक्षमा राना
मिलन म्याग्दीको अध्यक्षमा राना
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, असोज २६, २०८२
IMG_5147
बेनी ।म्याग्दीमा क्रियाशील गैरसरकारी संस्था मिलन म्याग्दीको अध्यक्षमा तिलकुमारी राना सर्वसम्मत निर्वाचित हुनुभएको छ । संस्थाको शनिवार म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न २१औं वार्षिक साधारणसभा तथा १२औं अधिवेशनबाट रानाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो । अधिवेशनबाट संस्थाको निवर्तमान अध्यक्षमा दिलमाया बिटालु, उपाध्यक्षमा मिना राम्जाली, सचिवमा बालकुमारी पुन, कोषाध्यक्षमा ज्ञानुकुमारी बानियाँ केसी र सहसचिवमा चन्द्रकला बानियाँ केसी निर्वाचित हुनुभएको निर्वाचन मण्डलका सदस्य विनय श्रेष्ठले बताउनुभयो । यसैगरी कार्यसमिति सदस्यहरुमा चित्रनाथ आचार्य, सरिता बानियाँ खड्का, कमलाकुमारी विश्वकर्मा र रामबहादुर खड्का निर्वाचित हुनुभएको छ ।   यसअघि अधिवेशनको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले जिल्लाको सामाजिक क्षेत्रमा मिलन म्याग्दीले महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो । उहाँले पछिल्लो समय बाहिरी सहयोग प्राप्त नभएको अवस्थामा पनि स्वयंसेवी रुपमा मिलन म्याग्दीमार्फत सामाजिक परिचालनको साथै समुदायस्तरमा विभिन्न खालका सचेतनामूलक कार्यक्रमहरु सञ्चालन भैरहेकोमा प्रशंसा गर्नुभयो ।   जिल्लास्थित स्थानीय तह तथा सरोकारवाला निकायसँगको समन्वय र सहकार्यमा मिलन म्याग्दीले विविध क्षेत्रमा काम गरिरहेको बताउँदै कार्यवाहक प्रमुख खत्रीले समुदायस्तरमा सञ्चालित कार्यक्रमहरुको अब संस्थाले अनुगमन तथा निरीक्षण गर्नुपर्नेमा जोड दिनुभयो । सोही कार्यक्रममा मिलन म्याग्दीका पूर्वअध्यक्ष एवं अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले मिलन म्याग्दीले स्थापनाकालदेखि नै जिल्लामा शिक्षा, स्वास्थ्य, जीविकोपार्जन, झोलुङ्गे पुल तथा सामुदायिक वनलगायत क्षेत्रमा काम गरेको बताउनुभयो । पूर्वअध्यक्ष पुनले मिलन म्याग्दीले विगतदेखि हालसम्म समाज परिवर्तन तथा रुपान्तरण लगायतका कार्यक्रमहरु सञ्चालन गरी समाजको दीगो विकासमा सहयोगी भूमिका खेलेको स्मरण गर्नुभयो । मिलन म्याग्दीका अध्यक्ष दिलमाया बिटालुले मिलन संस्थालाई सहयोग गरेर यहाँसम्म ल्याइपु¥याउने दातृ निकाय, संघ तथा प्रदेश सरकार, स्थानीय तह, सरोकारवाला निकायलगायत सबैलाई धन्यवाद दिनुभयो ।   कार्यक्रममा मिलन म्याग्दीका सल्लाहकार एवं कृषि वैज्ञानिक डाक्टर टिकाबहादुर कार्की, संस्थापक सदस्य अमर बानियाँ र पूर्व सचिव तथा आजीवन सदस्य भविराम किसानले मन्तव्य व्यक्त गर्दै मिलन म्याग्दीले जिल्लाको सामाजिक क्षेत्रमा पु¥याएको योगदानबारे चर्चा गर्नुभएको थियो । कार्यक्रमको अवसरमा संस्थाका पूर्व अध्यक्ष कमला बानियाँ थापा र स्वयंसेवा गरी संस्थालाई अमूल्य सहयोग पु¥याउनुहुने बालकुमारी पुन, छवि पूर्जा पुन, रामबहादुर खड्का, हिरा बरुवाल र चन्द्रावती खत्रीलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो ।   यसैगरी संस्थाका सल्लाहकारहरु डा. टिकाबहादुर कार्की, ठहरबहादुर भण्डारी र डा. हेमा छन्त्याललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सोही अवसरमा नयाँ सदस्यहरुलाई संस्थाको साधारण सदस्यताको प्रमाणपत्र समेत वितरण गरिएको थियो । उद्घाटनसत्रमा संस्थाका निवर्तमान अध्यक्ष दिलमाया बिटालुले भावी कार्यक्रमसहित कार्ययोजना र उपाध्यक्ष तिलकुमारी रानाले प्रगति एवं आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उद्घाटनसत्रको कार्यक्रम संस्थाका अध्यक्ष बिटालुको अध्यक्षता, उपाध्यक्ष रानाको सञ्चालन र सहसचिव बलबहादुर विश्वकर्माको स्वागतमा सम्पन्न भएको थियो ।    
प्रकाशित मिति: आइतबार, असोज २६, २०८२  १०:००
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP