शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • पुलाचौरको सेताढुङ्गामा संचालित स्वास्थ्य शिविरबाट एकसय ८५ जना महिलाहरुले उपचार सेवा पाए
पुलाचौरको सेताढुङ्गामा संचालित स्वास्थ्य शिविरबाट एकसय ८५ जना महिलाहरुले उपचार सेवा पाए
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, मंसिर १७, २०८२
592300173_1515123170139071_1814413407245603572_n
बेनी ।लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत सोमबार बेनी नगरपालिका ५ पुलाचौरको सेताढुङ्गामा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ । बेनी नगरपालिकाको आयोजनामा महिलाहरुमा हुने प्रजनन रुग्णता परीक्षण, उपचार तथा व्यवस्थापन सम्बन्धी शिविर सञ्चालन गरिएको हो । प्रजनन स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवामा ग्रामीण भेगका महिलाहरुको पहुँच वृद्धि गराउने उद्देश्यले समुदायस्तरमा शिविर आयोजना गरिएको बेनी नगरपालिकाले जनाएको छ । शिविरमा कुल १ सय ८५ जना महिलाहरुले उपचार सेवा पाएका छन् । तीमध्ये १ सय ६९ जनामा पाठेघरको मुखको क्यान्सर अर्थात् भिआईए परीक्षण गरिएको छ । भिआईए परीक्षण गरिएकामध्ये एक जनामा पोजिटिभ भेटिएको छ भने क्यान्सरको शङ्कास्पद २ जना, आङ खस्ने समस्याको ४ जना र पाठेघरको मुखमा मासु पलाएको ६ जनाको उपचार गरिएको बेनी नगरपालिकाको हेल्थ असिस्टेन्ट खगराज निउरेले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमा पोजिटिभ र शङ्कास्पद पहिचान भएका ३ जनालाई माथिल्लो अस्पतालमा थप उपचारका लागि रिफर गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर हेमा छन्त्यालले नेपालको सन्दर्भमा महिलाहरुमा पाठेघरको मुखको क्यान्सरको कारणले गर्दा धेरैले अकालमै ज्यान गुमाउनुपरेको बताउनुभयो । उहाँले महिला दिदीबहिनीहरुले लाज मान्ने, स्वास्थ्य संस्थामा जान हिच्किचाउने जस्ता कारणले रोग लुकाएर बस्दा महिलाहरुमा पाठेघरको मुखको क्यान्सर बढ्दै गैरहेको बताउँदै समयमै रोग पत्ता लगाएर उपचार गरेमा क्यान्सर जस्तो गम्भीर रोग लाग्नबाट बच्न सकिने बताउनुभयो । प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले महिलाहरुमा विशेष गरी पाठेघर र स्तन क्यान्सर प्रमुख स्वास्थ्य समस्याको रुपमा देखापरेको बताउँदै यसको समयमै उपचार गर्न सकेमा रोगको निदान गर्न सकिने बताउनुभयो । उहाँले विशेषज्ञ स्वास्थ्य शिविरमार्फत महिलाहरुमा पाठेघरको मुखमा हुन सक्ने क्यान्सरको पत्ता लगाउनुका साथै अन्य स्वास्थ्य समस्याहरुको बारेमा समेत परामर्श दिइने भएकाले यसबाट ग्रामीण भेगका महिलाहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने बताउनुभयो । कार्यक्रमको समापन गर्दै बेनी नगरपालिका वडानम्बर ५ का वडा अध्यक्ष गोविन्द बानियाँले नियमित रुपमा स्वास्थ्य परीक्षण गरेमा पाठेघरको मुखको क्यान्सर भए नभएको पत्ता लाग्ने बताउँदै यसको समयमै उपचार गरेर रोग लाग्नबाट बच्न सकिने बताउनुभयो । बेनी नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख चन्दन सुवेदीले महिला दिदीबहिनीहरुले आफ्नो स्वास्थ्यसँग सम्बन्धित विभिन्न समस्याहरु डाक्टर तथा स्वास्थ्यकर्मीहरुलाई खुलस्त रुपमा जानकारी गराएर स्वास्थ्यलाभ लिनुपर्ने बताउनुभयो । वडाध्यक्ष बानियाँको अध्यक्षता र स्वास्थ्य शाखा प्रमुख सुवेदीको स्वागतमा सम्पन्न कार्यक्रमको जनस्वास्थ्य अधिकृत बालकुमारी पुनले सञ्चालन गर्नुभएको थियो । विशेषज्ञ स्वास्थ्य शिविरमा सेवा लिनको लागि बेनीको ४, ५ र ६ नम्बर वडाको पायक पर्ने स्थानबाट सेवाग्राहीहरु पुगेका थिए । शिविरमा स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा। छन्त्याल, प्रदेश अस्पताल बेनी म्याग्दीका मेडिकल अधिकृत डाक्टर सतिसकुमार सिंह, बेनी नगरपालिकाका स्वास्थ्यकर्मीहरु मिलन गौतम, सुमित्रा थजाली, डेकमाया केसी, अमृता सुनार, करुणा थापा र अस्मिता क्षत्रीले उपचार तथा परामर्श सेवा उपलब्ध गराउनुभएको थियो ।
प्रकाशित मिति: बुधबार, मंसिर १७, २०८२  ११:२१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP