शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • छन्त्याल परिवार अस्ट्रेलियाद्धारा विकट गाउँका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
छन्त्याल परिवार अस्ट्रेलियाद्धारा विकट गाउँका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, पुस २०, २०८२
received_1397226392045298
बेनी ।छन्त्याल परिवार अस्ट्रेलिया (सिपिए)ले म्याग्दीको रघुगंगा गाउँपालिका–८, कुईनेमंगलेको रितुङ माविमा अध्ययनरत ३४ जना छन्त्याल विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । रोजगार र अध्ययनको सिलसिलामा अस्ट्रेलिया पुगेका छन्त्याल समुदायको साझा संस्था सिपिएले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत म्याग्दी र बागलुङ करिब ६ सय विद्यार्थीलाई झोला, कपी र कलम वितरण गर्ने योजना अन्तर्गत रितुङ माविबाट कार्यक्रम सुरु गरेको हो । सिपिएका अध्यक्ष बुद्धिमान घरब्जा छन्त्यालले म्याग्दी र बागलुङका छन्त्याल बस्तीमा रहेका विद्यालयहरुमा अध्ययनरत छन्त्याल विद्यार्थीहरुको तथ्यांक संकलन गरि शैक्षिक सामाग्री वितरण गर्न लागिएको जानकारी दिनुभयो । ‘हाम्रो डाटामा यी दुई जिल्लामा करिब ६ सय विद्यार्थी छन्, ति सबैलाई हामीले शैक्षिक सामाग्री वितरण गर्नेछौँ’, उहाँले भन्नुभयो, ‘पहिलो चरणमा २ सय ५० जनालाई र बाँकीलाई अर्को चरणमा वितरण गर्नेछौँ ।’ शनिबार नेपाल छन्त्याल संघ प्रारम्भिक समिति घ्यासीखर्कको समन्वयमा रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्नुभयो । विद्यार्थीलाई शैक्षिक सामाग्री विवतरण गर्दै र अध्यक्ष भण्डारीले विदेशमा आफ्नो श्रम गर्न पुगेका व्यक्तीहरुले आफ्नो समुदायका विद्यार्थीको शैक्षिक क्षेत्रमा सहयोग गर्ने प्रयास उदाहरणीय भएको बताउनुभयो । ‘यस्तो दुर्गम बस्तीमा रहेका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या कम हुुँदै  गएका छन् । यस्ता कार्यक्रमहरुले विद्यार्थीको शैक्षिक सुधारमा टेवा पुग्नेछ’ ,उहाँले भन्नुभयो ।रितुङ माविका प्रधानाध्यापक खिम बहादुर छन्त्यालले कतिपय विद्यार्थीहरुको आर्थिक हिसाबमा पनि कमजोर हुँदा, उनीहरुको नियमित पठनपाठन समेत प्रभावित हुने अबस्था विद्यार्थीहरुका लािग निकै उपयोगि हुने बताउनुभयो । ‘यस्तो सहयोग अन्य समुदायका विद्यार्थीहरुलाई पनि आवश्यक रहेको हुदा अन्य सहयोगको पनि अपेक्षा गरेका छौँ’, उहाँले भन्नुभयो  । उक्त सहयोग हस्तातरण कार्यक्रममा रघुगंगा आधारभुत विद्यालयका प्रअ चन्द्रमान छन्त्यालको अध्यक्षता, शिक्षक नन्दबहादुर छन्त्यालको स्वागत र शिक्षिका दिपिका छन्त्यालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । सिपिएले तत्काल म्याग्दीको ठाडखानी, मलम्पार र बागलुङको विद्यालयमा शैक्षिक सामाग्री वितरण गर्ने तयारी गरेको छ ।
प्रकाशित मिति: आइतबार, पुस २०, २०८२  १५:५३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP