शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • न्यु धौलागिरि सहकारी सञ्चालक समितिको अध्यक्षमा पुनः श्रेष्ठ
न्यु धौलागिरि सहकारी सञ्चालक समितिको अध्यक्षमा पुनः श्रेष्ठ
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, पुस २१, २०८२
x610187807_820943617644455_3906574867172518673_n-1536x1152.jpg.pagespeed.ic.hrkYs5La3O
बेनी । न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २६ औ साधारणसभा तथा आठौ अधिवेशनबाट पुनः अमृतलाल श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।बेनीको न्युरोडमा मुख्य कार्यालय रहेको सहकारीको शनिबार निर्णय प्रमाणित सभा सहित अधिवेशनबाट आगामी ४ वर्षका लागि अध्यक्षमा श्रेष्ठ, उपाध्यक्ष रामजीप्रसाद सुवेदी, सचिवमा चन्द्रकुमार केसी, कोषाध्यक्षमा बमबहादुर पुन, अनुशा गौचन, हेमन्त थापा, तुलप्रसाद श्रेष्ठ, भिमबिक्रम मल्ल र अमित बानिया चयन रहेका छन् । बिरेन्द्रमान शाक्यको संयोजकत्वमा गठन भएको लेखा सुपरिवेक्षण समितिको सदस्यमा खड्ग गिरी र अनिता केसी खड्का रहनुभएको छ । लिलाबहादुर बानिया निवर्तमान अध्यक्ष रहेका छन् ।पुस ११ गतेदेखि सेवा केन्द्र एकाईगत साधारणसभा गरेको संस्थाको इकाई प्रतिनिधिहरुको उपस्थितिमा धवलागिरी गाउँपालिकाको मुनामा मदन मल्ल, अन्नपूर्ण गापाको पोखरेबगरमा ठगराज बरुवाल, मंगला गापाको बाबियाचौरमा देवीकुमारी खत्री, मालिका गापाको दरवाङमा मुक्ति पुन, पर्वत जलजला गाउँपालिकाको मल्लाजमा हेमन्त थापा, बेनीमा बिपिन चोखाल, तातोपानीमा तुलप्रसाद श्रेष्ठ सेवा केन्द्र संयोजक चयन भएको सचिव केसीले बताए । वि.स. २०५६ मा स्थापना भएको न्यू धौलागिरि सहकारी संस्थाको ८ करोड ८० लाख ८९ हजार सेयर पुँजी रहेकोमा गत आर्थिक वर्ष २०८१÷०८२ मा ५३ करोड १४ लाख ७८ हजार निक्षेप संकलन र ५२ करोड १२ लाख कर्जा लगानी गरेको छ । संंस्थाको ९ करोड ६८ लाख ९७ हजार कुल आम्दानी र ७ करोड ७७ लाख कुल खर्च गरेको गरेकोमा १ करोड ९१ लाख ६६ हजार मुनाफा रहेको छ । बेनी नगरपालिकाका प्रमुख सुरत केसीले साधारणसभाको उद्घाटन गर्दै सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि सहजिकरण गरिरहेको बताए । म्याग्दी बहुमुखी क्याम्पसमा स्नातकोत्तर अध्ययनरत सोमबहादुर खत्रीलाई १५ हजार ५ सय छात्रवृत्ति सहयोग गरेको सहकारीले मानव सेवा आश्रम बाग्लुङलाई २५ हजार पाँच सय ५५, दरवाङकी पार्वती कामीलाई अध्ययनका लागि१२ हजार र साविक तातोपानी कृषि सहकारी संस्थाले प्रर्वद्धन गरेको लेतेखोलाको कृषि सहकारी भवन मर्मतमा ६० हजार खर्च गरेको जनाएको छ ।                                                                                                                      
प्रकाशित मिति: सोमबार, पुस २१, २०८२  २०:२१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP