शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • बेनी नगरपालिकाद्वारा समुदायस्तरमा नसर्ने रोगको स्क्रिनिङ शिविर सञ्चालन
बेनी नगरपालिकाद्वारा समुदायस्तरमा नसर्ने रोगको स्क्रिनिङ शिविर सञ्चालन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, माघ १४, २०८२
IMG_1934.JPG
म्याग्दी । बेनी नगरपालिकाको आयोजनामा समुदायस्तरमा नसर्ने रोगको पहिचान, उपचार र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले स्क्रिनिङ शिविर सञ्चालन हुने भएको छ । नगरपालिकाले मंगलबार नगरसभाहलमा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरी शिविर सम्बन्धी जानकारी दिएको हो । कार्यक्रममा बेनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चन्दन सुवेदीले नसर्ने रोग (एनसिडी) सम्बन्धी स्क्रिनिङ तथा जनचेतनामूलक कार्यक्रमबारे प्रस्तुतीकरण गर्नुभएको थियो । चालु आर्थिक वर्ष २०८२÷०८३ मा हालसम्म नसर्ने रोगका ८० जना बिरामीलाई उपचार सहुलियतका लागि नगरपालिकाबाट सिफारिस गरिएको जानकारी गराइएको छ । नगर प्रमुख सुरत केसीले यही माघ १५ गतेदेखि ३० गतेसम्म नगरपालिकाका विभिन्न स्थानमा नसर्ने रोगको स्क्रिनिङ शिविर सञ्चालन गरिने जानकारी दिनुभयो । स्वास्थ्यचौकी नभएका तथा स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका टोलबस्तीलाई प्राथमिकतामा राखेर प्रेसर, सुगर, मुटु रोग, मृगौला तथा क्यान्सरजस्ता रोगको परीक्षण, परामर्श र आवश्यक परे माथिल्लो स्वास्थ्य संस्थामा रिफर सेवा प्रदान गरिने उहाँले बताउनुभयो । नगर उपप्रमुख ज्योति लामिछानेले नेपाल सरकारले सञ्चालन गर्दै आएका स्वास्थ्य कार्यक्रमको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिँदै नगरपालिकाले यसअघि नै प्रत्येक महिनाको १५ गते ‘एनसिडी डे’ का रूपमा सबै स्वास्थ्य संस्थामा स्क्रिनिङ शिविर सञ्चालन गर्दै आएको बताउनुभयो । आगामी ३० गतेसम्म सञ्चालन हुने शिविरमार्फत ३० वर्षमाथिका सबै नागरिकको स्वास्थ्य परीक्षण गरी नसर्ने रोगको दर घटाउने लक्ष्य रहेको उहाँको भनाइ छ । प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले नसर्ने रोगले राष्ट्रिय जीवनमै पार्ने असर न्यूनीकरण गर्न समुदायस्तरमै शिविर सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । निर्वाचनको कारण फागुनमा हुने राष्ट्रिय अभियानभन्दा अगाडि माघमै कार्यक्रम सञ्चालन गरिएको उहाँले स्पष्ट पार्नुभयो । नगर प्रमुख सुरत केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनस्वास्थ्य अधिकृत बालकुमारी पुनको सञ्चालन रहेको थियो । कार्यक्रममा नगरपालिकाका उपसचिव क्षेत्रबहादुर भण्डारी, प्रवक्ता तथा वडा नं. ७ का अध्यक्ष रमेशकुमार श्रेष्ठ र वडा नं. ८ का अध्यक्ष उत्तमकुमार कर्माचार्यको विशेष उपस्थिति रहेको थियो । नगरपालिकाको यो पहलले समुदायस्तरमै रोग पहिचान र समयमै उपचारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति: बुधबार, माघ १४, २०८२  ११:१६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP