शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • निर्वाचन लक्षित गर्दै अन्नपूर्णमा एमालेको घरदैलो अभियान
निर्वाचन लक्षित गर्दै अन्नपूर्णमा एमालेको घरदैलो अभियान
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, माघ २८, २०८२
625114032_1490473242696741_8395311701541485968_n
म्याग्दी, २८ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला निर्वाचन परिचालन कमिटी म्याग्दीको आयोजनामा मंगलबार अन्नपूर्ण गाउँपालिकामा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सुरु गरिएको छ । जिल्लाको अन्नपूर्ण गाउँपालिका १ नम्बर वडा दोवा, २ नम्बर वडाको भूरुङ, ठूलोबगर, ४ नम्बर वडा नारच्याङ र घरापमा घरदैलो गरिएको हो । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै एमालेले जिल्लाभर चुनावी गतिविधि तीव्र बनाएको जनाएको छ । यसअघि रघुगंगा गाउँपालिका, बेनी नगरपालिका, मंगला र मालिका गाउँपालिकामा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरेको एमालेले मंगलबारदेखि अन्नपूर्ण गाउँपालिकामा चुनाव केन्द्रित कार्यक्रम अघि बढाएको हो । अन्नपूर्णका विभिन्न टोल तथा बस्तीमा पुगेर नेताहरू तथा उम्मेदवारहरूले घरदैलो गर्दै मतदातासँग भेटघाट गरेका छन्। उनीहरूले एमालेको पक्षमा मतदान गर्न आग्रह गरेका छन् । घरदैलो कार्यक्रममा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हरिकृष्ण श्रेष्ठले म्याग्दी जिल्लामा विकासको आधारशिला एमालेले नै राखेको दाबी गर्दै विकासको पहरेदार पार्टी र उम्मेदवारलाई विजयी गराउन मतदातासँग आग्रह गर्नुभयो । जिल्लाको विकास र जनमुखी कार्यक्रमलाई निरन्तरता दिन एमालेको जित आवश्यक रहेको उहाँको भनाइ थियो । केन्द्रीय सदस्यसमेत रहनुभएका उम्मेदवार श्रेष्ठले ‘समृद्ध म्याग्दी, सुखी म्याग्देली’ बनाउने लक्ष्यसहित पर्यटन र जलविद्युत् विकास, कृषिको आधुनिकीकरण, स्थानीय स्रोतसाधनको परिचालनमार्फत रोजगारी सिर्जना गर्ने लगायतका एजेण्डा प्रस्तुत गर्नुभयो। म्याग्दी जलविद्युत् र पर्यटनका दृष्टिले सम्भावनायुक्त जिल्ला भएकाले ठोस योजनासहित समृद्ध म्याग्दीको परिकल्पना गरेको उहाँले बताउनुभयो। सबै वडाका टोलबस्तीमा सडक पु¥याई स्तरोन्नति गर्ने, किसानलाई सहुलियत दिने कार्यक्रम ल्याउने, नयाँ पर्यटकीय गन्तव्य विकास गरी रोजगारी सिर्जना गर्ने तथा बाँझो जमिन उत्पादनमा ल्याउने योजना रहेको उहाँको भनाइ थियो । त्यसैगरी, एमाले म्याग्दीबाट समानुपातिक उम्मेदवार रहेकी पूर्वमन्त्री नरदेवी पुनले आफू मन्त्री र सांसद हुँदा जिल्लाको विकासका लागि उल्लेखनीय काम गरेको दाबी गर्दै बाँकी काम पूरा गर्न एमालेको पक्षमा मतदान गर्न आग्रह गर्नुभयो । नेपालमा बनेका सरकारमध्ये एमाले नेतृत्वको सरकारले सबैभन्दा बढी विकास गरेको उल्लेख गर्दै आगामी निर्वाचनमा एमाले विजयी हुनुको विकल्प नभएको उहाँले बताउनुभयो । जिल्लाको समग्र विकाससँगै पछाडि परेका समुदायको उत्थान, शिक्षाबाट वञ्चित नागरिकलाई शिक्षाको पहुँचमा ल्याउने र विपन्न समुदायलाई आयआर्जनमा जोड्ने योजना रहेको उहाँले जानकारी दिनुभयो । एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले हिमाली जिल्लामा सूचीकृत म्याग्दीलाई ‘स्मार्ट म्याग्दी’ बनाउने संकल्पसहित एमाले निर्वाचनमा होमिएको बताउनुभयो। जिल्लाको विकास निर्माणमा एमालेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले निर्वाचनमा पराजित हुँदा समेत एमाले सधैँ जनताकै साथमा रहेको दाबी गर्नुभयो । आगामी निर्वाचनमा एमाले उम्मेदवारलाई विजयी गराउन मतदातासँग उहाँले अपिल गर्नुभयो । कार्यक्रममा एमाले म्याग्दीका उपसचिव खड्ग गिरीको समेत उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: बुधबार, माघ २८, २०८२  ०९:३४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP