शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • मोना बेल्जियमको भलिबल प्रतियोगितामा नेपाल युरोपियन स्पोर्ट्स क्लब च्याम्पियन
मोना बेल्जियमको भलिबल प्रतियोगितामा नेपाल युरोपियन स्पोर्ट्स क्लब च्याम्पियन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, असार १७, २०८३
b1dbfff4-2997-4e2b-b01c-79dc2bd0f468
बेल्जियम । प्रवासी नेपालीहरूबीच एकता, मित्रता र भाइचाराको भावना अभिवृद्धि गर्ने उद्देश्यले मोना बेल्जियमद्वारा आयोजित वार्षिक भलिबल प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ । बेल्जियमको एन्टवर्पमा आइतबार सम्पन्न प्रतियोगितामा युरोपका विभिन्न देशबाट आएका ११ पुरुष तथा ४ महिला टोलीले सहभागिता जनाएको मोना बेल्जियमका पूर्वअध्यक्ष घनश्याम शाही जानकारी दिनुभयो । अत्यन्त प्रतिस्पर्धात्मक बनेको प्रतियोगिताको उपाधि नेपाल युरोपियन स्पोर्ट्स क्लबले जितेको छ । फाइनल खेलमा नेपाल युरोपियन स्पोर्ट्स क्लबले ब्रदर्स डेनमार्क क्लब लाई पराजित गर्दै च्याम्पियन बनेको हो । ब्रदर्स डेनमार्क क्लब उपविजेतामा सीमित रह्यो । महिला तर्फ एभरेस्ट समाज ब्रुगे प्रथम तथा मोना एन्टवर्प द्वितीय बनेका छन् । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूमध्ये जीवन सुनारी ‘बेस्ट प्लेयर’, विशाल खत्री ‘बेस्ट स्पाइकर’ तथा संगम थापा ‘बेस्ट सेटर’ घोषित भएका छन् । प्रतियोगितामा बेल्जियम, डेनमार्क, फ्रान्स, लक्जेम्बर्गलगायत विभिन्न युरोपेली मुलुकमा रहेका नेपाली खेलाडीहरूको सहभागिता रहेको थियो । यस वर्ष नेपालको राष्ट्रिय टोलीबाट खेलिसकेका केही खेलाडीहरूको समेत सहभागिताले प्रतियोगिताको स्तर थप रोचक बनेको थियो । मोना बेल्जियमले हरेक वर्ष नियमित रूपमा आयोजना गर्दै आएको यस प्रतियोगिताले विदेशमा रहेका नेपालीहरूबीच खेलकुदमार्फत सम्बन्ध विस्तार, मित्रता र एकताको भावना सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको आयोजकले जनाएको छ । दिनभर सञ्चालन भएको प्रतियोगितापछि विजेता र उपविजेता टोलीलाई ट्रफी, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगिताको विजेता टोलीले ३ हजार युरो र उपविजेता टोलीले १ हजार ५ सय युरो पुरस्कार प्राप्त गरेका छन् । साथै उत्कृष्ट खेलाडीहरूलाई विशेष सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा मोना बेल्जियमका पूर्वअध्यक्ष घनश्याम शाही, शिव बरुवाल, योगेन्द्र श्रेष्ठ, सुमन थापा, प्रदीप, वर्तमान अध्यक्ष ज्ञानबहादुर रकाल लगायतले विजेता तथा उपविजेता खेलाडीहरूलाई सम्मान गर्नुभएको थियो । साथै आर्थिक तथा भौतिक सहयोग गर्ने संघसंस्था र व्यक्तिहरूलाई समेत सम्मान गरिएको थियो । प्रतियोगिताको उद्घाटन मोनाका अन्तर्राष्ट्रिय अध्यक्ष मिम पुर्जा ले गर्नुभएको कार्यक्रमको अध्यक्षता मोना बेल्जियमका अध्यक्ष ज्ञानबहादुर रकाल ले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन चन्द्र शर्मा ले गर्नुभएको थियो । प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएकोमा आयोजक मोना बेल्जियमका अध्यक्ष रकाल तथा प्रतियोगिता संयोजक भुवन आचार्य ले सहभागी टोली, सहयोगी संस्था, स्वयंसेवक र दर्शकप्रति आभार व्यक्त गर्नुभएको छ ।
प्रकाशित मिति: बुधबार, असार १७, २०८३  २०:५८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP