शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
समाचार
  • गृहपृष्ठ
  • पाण्डबखानीको व्यस्त सिद्धथान क्षेत्रमा सडक बत्ती जडान
पाण्डबखानीको व्यस्त सिद्धथान क्षेत्रमा सडक बत्ती जडान
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, भदौ ७, २०८३
Pandav
गलकोट । बागलुङको गलकोट नगरपालिका–१०, पाण्डबखानीस्थित व्यस्त तथा महत्वपूर्ण सिद्धथान क्षेत्रमा सडक बत्ती जडान गरिएको छ । स्थानीयवासीको सुरक्षा तथा रातिको समयमा हुने आवतजावतलाई सुरक्षित र सहज बनाउने उद्देश्यले सडक बत्ती जडान गरिएको हो । सामाजिक तथा जनउपयोगी कार्यमा सहयोग गर्दै अमेरिकामा कार्यरत पाण्डबखानी निवासी दुर्गाप्रसाद काउचा र जापानमा कार्यरत लोकबहादुर आलेले संयुक्त रूपमा आर्थिक सहयोग गर्नुभएको हो । विदेशमा रहेर पनि जन्मभूमिप्रतिको माया, सद्भाव र सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै उहाँहरूले सिद्धथान क्षेत्रमा उज्यालो पुर्‍याउन आर्थिक सहयोग गरेका हुन् । सिद्धथान क्षेत्र पाण्डबखानीको मुख्य आवतजावत हुने व्यस्त मार्गका रूपमा रहेको छ । रातिको समयमा यस क्षेत्रमा पर्याप्त उज्यालो नहुँदा दुर्घटना तथा चोरीलगायतका अवाञ्छित गतिविधिको जोखिम हुने भएकाले सडक बत्तीको आवश्यकता महसुस गरिएको स्थानीयले बताएका छन् । सडक बत्ती जडान भएपछि रातिको समयमा हिँडडुल गर्ने स्थानीयवासी तथा बटुवालाई समेत बाटो स्पष्ट देखिन थालेको छ । यसबाट दुर्घटनाको जोखिम न्यूनीकरण हुनुका साथै रातिको आवतजावत थप सुरक्षित र सहज हुने अपेक्षा गरिएको छ । उज्यालोका कारण चोरी तथा अन्य अवाञ्छित गतिविधि पनि निरुत्साहित हुने स्थानीयको विश्वास छ । उहाँहरूको यो सामाजिक कार्यले गाउँको विकास र सुरक्षामा सहयोग पुर्‍याउनुका साथै अन्य व्यक्ति तथा प्रवासी युवाहरूलाई समेत सामाजिक तथा जनउपयोगी कार्यमा सहयोग गर्न प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: आइतबार, भदौ ७, २०८३  ०८:३६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP