शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
खेलकुद
  • गृहपृष्ठ
  • जनैपूर्णिमामा ढोरबराहमा भक्तजनको भीड
जनैपूर्णिमामा ढोरबराहमा भक्तजनको भीड
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, भदौ १४, २०८३
WhatsApp Image 2026-08-30 at 7.40.33 PM
ढोरपाटन । हिमाली भूगोल, धार्मिक आस्था र मौलिक संस्कृतिको संगम मानिने बागलुङको ढोरपाटनमा जनैपूर्णिमाको अवसरमा भक्तजनको घुइँचो लागेको छ । ढोरपाटन नगरपालिका–९ स्थित प्रसिद्ध उत्तरगंगा ढोरबराह थानमा शुक्रबार बिहानैदेखि भक्तजन पूजा तथा दर्शनका लागि पुगेका हुन् । जनैपूर्णिमाको अघिल्लो दिनदेखि नै ढोरपाटन उपत्यकामा चहलपहल बढेको थियो । टाढाटाढाबाट आएका भक्तजनले उत्तरगंगा नदीमा स्नान गरी ढोरबराहको पूजा, आराधना र दर्शन गरेका छन् । ढोरबराहमा पुगेर भाकल गरे मनोकामना पूरा हुने धार्मिक जनविश्वास छ। भाकल पूरा भएपछि भेडाको पाठा बलि चढाउने परम्परा यहाँ लामो समयदेखि चलिआएको छ । जनैपूर्णिमाका दिन सयौँ भक्तजनले ढोरबराहमा पूजा तथा दर्शन गरेको ढोरपाटन नगरपालिका–९ का वडाध्यक्ष खिमबहादुर घर्तिमगरले बताउनुभयो । भाकलअनुसार भेडाको पाठासमेत बलि चढाइएको उहाँले उल्लेख गर्नुभयो । सडक सञ्जाल विस्तार भएसँगै ढोरबराह पुग्ने भक्तजनको संख्या हरेक वर्ष बढ्दै गएको छ । म्याग्दी, रुकुम, रोल्पा, प्यूठान, गुल्मी, पर्वतलगायत छिमेकी जिल्लाबाट मात्रै नभई देशका विभिन्न स्थानबाट श्रद्धालु ढोरबराहको दर्शनका लागि पुग्ने गरेका छन् । जनैपूर्णिमाका दिन धार्मिक विधिअनुसार स्नान, पूजा, धजा चढाउने तथा भाकल पूरा भएपछि बलि दिने कार्य हुने गर्दछ । उत्तरगंगा नदीको उद्गमस्थलमा ढोरबराहको थान रहेकाले यसलाई ‘उत्तरगंगा ढोरबराह’ भनिएको स्थानीयको भनाइ छ । ढोरबराह क्षेत्रमा सातमुले, बराह मूल र अपुता मूललगायत जलस्रोत रहेका छन् । सातमुलेलाई उत्तरगंगाको मूलसमेत मानिन्छ । धार्मिक विश्वासअनुसार यही स्थानबाट बाइसधारा निस्किएको मानिन्छ । बराह मूलमा रहेको बहरे गोरुलाई बराह देवताको प्रतीकका रूपमा पूजा गर्ने परम्परा छ । विशेषगरी सन्तान प्राप्तिको कामना गर्ने भक्तजनले बाइसधारामा स्नान गरी बहरे गोरुको पूजा गर्ने र २२ जोर धजा चढाउने चलन रहेको स्थानीय बताउँछन् । ढोरपाटन उपत्यका ढकमक्क फुलेका बेला बलि राजा प्रकट हुने र उनको स्वागतका लागि उत्तरगंगा मेला लाग्ने गरेको लोककथनसमेत पाइन्छ । काग भुसुन्डी नामका ऋषिले कागको रूप धारण गरी यही क्षेत्रमा बसेको धार्मिक मान्यता पनि स्थानीय समुदायमा प्रचलित छ । उत्तरवाहिनी भएकाले उत्तरगंगा नदीलाई पवित्र मानिन्छ । पितृलाई तर्पण दिन, मृतकका कपडा नदीमा बगाउन तथा सन्तान प्राप्तिको कामना गर्नसमेत भक्तजन यहाँ पुग्ने गरेका छन् । ढोरपाटन उपत्यकामा ढोरबराहसँगै रुद्रताल, छेन्टुङ गुम्बालगायत धार्मिक तथा पर्यटकीय स्थल छन् । छेन्टुङ क्षेत्रमा तिब्बती शरणार्थी समुदायको जनजीवन, संस्कृति र रहनसहन नजिकबाट अवलोकन गर्न सकिन्छ । उपत्यका पुगेका पर्यटक घोडामार्फत विभिन्न क्षेत्रको भ्रमण गर्ने गरेका छन् । प्राकृतिक सौन्दर्य, हिमाली भूगोल, स्थानीय संस्कृति र धार्मिक आस्थाका कारण ढोरपाटन आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। जनैपूर्णिमाको अवसरमा स्थानीय क्लब तथा युवाहरूले विभिन्न खेलकुद र सांस्कृतिक कार्यक्रमसमेत आयोजना गर्दै आएका छन् । यसले धार्मिक मेलालाई मात्रै सीमित नराखी स्थानीय कला, संस्कृति, मनोरञ्जन र सामाजिक सहभागितासँग जोड्ने गरेको छ । बागलुङको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङदेखि करिब ३२ किलोमिटर पश्चिममा रहेको ढोरपाटनमा जनैपूर्णिमाबाहेक अन्य समयमा पनि भक्तजन तथा पर्यटक पुग्ने गरेका छन् ।

प्रकाशित मिति: आइतबार, भदौ १४, २०८३  १९:००
थप खेलकुद
बेनी–जोमसोम–कोरला सडक मर्मत तीव्र : दसैँअघि नै सवारी सञ्चालन गर्ने लक्ष्य
बेनी–जोमसोम–कोरला सडक मर्मत तीव्र : दसैँअघि नै सवारी सञ्चालन गर्ने लक्ष्य मंगलबार, असोज २०, २०८३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP