शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • दरवाङ र बाबियाचौरमा ११८ जनाले रक्तदान
दरवाङ र बाबियाचौरमा ११८ जनाले रक्तदान
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, भदौ २०, २०८३
Gemini_Generated_Image_mj9jwimj9jwimj9j
विप्लव कार्की

दरवाङ । नेपाल रेडक्रस सोसाइटीको ६४औँ स्थापना दिवसको अवसरमा म्याग्दीका दुई स्थानमा आयोजित रक्तदान कार्यक्रममा ११८ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी म्याग्दी जिल्ला शाखाको आयोजना तथा स्थानीय शाखा र उपशाखाको सहआयोजनामा बिहीबार मालिका गाउँपालिका–६ दरवाङ र मंगला गाउँपालिका–२ बाबियाचौरमा रक्तदान कार्यक्रम गरिएको हो । कार्यक्रमको उद्घाटन मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले गर्नुभएको थियो ।

कार्यक्रममा दरवाङमा ६६ र बाबियाचौरमा ५२ जनाले रक्तदान गरेको रेडक्रस म्याग्दीका उपमन्त्री मोतीराज गौतमले जानकारी दिनुभयो । रसुवामा हालै आएको प्राकृतिक विपद्मा परी घाइते भएकाहरूको उपचारका लागि आवश्यक रगत व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको रेडक्रसले जनाएको छ ।

दरवाङ बजारस्थित आधारभूत अस्पतालमा आयोजित कार्यक्रममा मालिका गाउँपालिका शाखा र दरवाङ उपशाखाले सहआयोजनाको भूमिका निर्वाह गरेका थिए । यस्तै, मंगला गाउँपालिका शाखा र बाबियाचौर उपशाखाको सहआयोजनामा बाबियाचौरमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियो ।

रक्त संकलनका लागि नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखाअन्तर्गतको प्रादेशिक रक्तसञ्चार सेवा केन्द्रले प्राविधिक सहयोग उपलब्ध गराएको थियो । कार्यक्रममा रेडक्रसका पदाधिकारी, स्वास्थ्यकर्मी, प्राविधिक टोली, विद्यार्थी र स्थानीय स्वयंसेवक सहभागी भएका थिए ।

दरवाङमा जनप्रिय माध्यमिक विद्यालय र केबी बोर्डिङ स्कुलका विद्यार्थीले कार्यक्रम व्यवस्थापन तथा स्वयंसेवी कार्यमा सहयोग गरेका थिए । कार्यक्रममा रेडक्रस म्याग्दीका सभापति अमर बानियाँसहित पदाधिकारी तथा स्थानीय जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।

मानवीय सेवा तथा विपद् व्यवस्थापनमा सक्रिय रेडक्रस म्याग्दीले बेनीस्थित प्रदेश अस्पताल परिसरमा रक्तसञ्चार केन्द्र सञ्चालन गर्दै आएको छ । संकलित रगत विपद्का घाइते तथा आकस्मिक उपचार आवश्यक पर्ने बिरामीको उपचारमा प्रयोग गरिने रेडक्रसले जनाएको छ ।


प्रकाशित मिति: शनिबार, भदौ २०, २०८३  ११:४३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP