शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
समाचार
  • गृहपृष्ठ
  • बेनीमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड सुरु, विजयी खेलाडीहरु पुरस्कार बिहीन
बेनीमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड सुरु, विजयी खेलाडीहरु पुरस्कार बिहीन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, फागुन ७, २०७६
IMG_7216

सन्तोष गौतम
बेनी,बुधबार फागुन ०७ गते ।
बेनीमा बुधबारदेखि सुरु भएको छैठौ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताका बिजयी पुरस्कार बिहिन हुने भएका छन् ।

बजेट अभावका कारण जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा बिजयी भएका खेलाडीहरु मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भएका छन् ।

स्थानीय तह स्तरमा तामझामका साथ सञ्चालन भएको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा प्रथम, दृतीय, तृतीय हुने विद्यालयलाई पुरस्कारका साथै प्रोत्साहनको समेत व्यवस्था गरेका थिए । पालिका स्तरमा पुरस्कारको व्यवस्था हुदा उत्साहीत भएका खेलाडीहरु जिल्ला स्तरको प्रतियोगिता पुरस्कार बिहिन हुदा निराश भएको गुनासो गरेका छन् ।

जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख दानबहादुर राइले प्रतियोगिता उधारोमा सञ्चालन गर्नुपरेको बताउनुभयो । अहिलेसम्म बजेटको व्यवस्था नभएको उहाँले बताउनुभयो ।

प्रदेश स्तरको प्रतियोगितामा सहभागि हुने जिल्लाका खेलाडी छनौट गर्न एक हप्ता जिल्लाका सबै स्थानीय तहका जनप्रतिनिधि र प्रजिअ लगायत कार्यालय प्रमुखहरुको बैठकले फागुन ७ र ८ गते प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो ।

प्रतियोगिता सञ्चालनका लागि युवा तथा खेलकुद मन्त्रालयको कार्यबिधि अनुसार जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीको संयोजकत्वमा समिति गठन भएको थियो । संयोजक केसीले बजेटका लागि प्रदेश सरकारमा प्रस्ताव गरिएको बताउनुभयो ।

बजेट आउने नआउने एकिन नभएकाले प्रथम, दृतीय र तृतीय हुने पालिकालाई पुरस्कारको व्यवस्थाका लागि बुधबार साँझ सम्म निर्णय हुन नसकेको बताउनुभयो । पाँच लाख रुपैयाँ भन्दा बढी खर्च हुने अनुमान गरिएको प्रतियोगिता सञ्चालनका लागि स्थानीय तहहरुलाई पनि बजेट उपलब्ध गराउन प्रस्ताव गरिएपनि उनिहरुले समेत निर्णय गरेका छैनन् ।

संघीय सरकारले पालिकालाई राष्ट्रपति रनिङ्ग शिल्ड सञ्चालनका लागि एक, एक लाख रुपैयाँका दरले बजेट पठाएको थियो । थप सात लाख रुपैयाँ बजेट बिनियोजन गरेर पालिका स्तरीय प्रतियोगिता सञ्चालन गरिएको अन्नपूर्ण गाउपालिकाका अध्यक्ष डमबहादुर पुनले बताउनुभयो ।

पालिकाबाट ल्याइएका खेलाडीहरुको खाने बस्ने व्यवस्था सम्बन्धित स्थानीय तहहरुलेनै गरेका छन् । म्याग्दीका छ वटा स्थानीय तहबाट छनौट भएर आएका खेलाडीहरुबीच प्रतिस्पर्धा हुने प्रतियोगिताको प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले उद्घाटन गर्नुभएको थियो । भलिबल, कवड्डी, एथलेटिक्स, कराते र तेक्वान्दो बिधामा खेलाडीहरुबीच प्रतिस्पर्धा हुने जनाइएको छ ।

छात्रा भलिबलमा अन्नपूर्ण गाउपालिका प्रथम र मालिका गाउपालिका दोस्रो भएका छन् । छात्र भलिबलको फाइनन अन्नपूर्ण र मंगला गाउपालिका बिच हुने रेफ्रि तेजेन्द्र बानियाले बताउनुभयो ।

कवड्डीको छात्रतर्फ बेनी नगरपालिका प्रथम, मंगला गाउँपालिका दोस्रो र मालिका तेस्रो भएका छन् । छात्रातर्फ बेनी नगरपालिका प्रथम, अन्नपूर्ण दोस्रो र मालिका तेस्रो भएका छन् । एथलेटिक्सतर्फ ७ वटा खेलको फाइनल हुदा बेनी नगरपालिकाले अग्रता कायम गरेको छ । बेनी नगरपालिकालाई मंगला गाउपालिकाले पछ्याएको छ ।

माध्यमिक शिक्षा परिक्षा ९एसइई० र वार्षिक परिक्षाको मुखमा स्थानीय तह, जिल्ला र प्रदेश स्तरमा खेलकुद प्रतियोगिता आयोजना गरिदा पठनपाठनमा असर परेको शिक्षक तथा प्रअहरुले बताएका छन् ।


प्रकाशित मिति: बुधबार, फागुन ७, २०७६  २१:२२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP