शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • म्याग्दीमा बेमौसमी हिमपातले हिउँदेबाली नष्ट (फोटो फिचर)
म्याग्दीमा बेमौसमी हिमपातले हिउँदेबाली नष्ट (फोटो फिचर)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, चैत २, २०७६
himpat myagdi (7)

सन्तोष गौतम

बेनी ,आइतबार चैत्र ०२ गते । म्याग्दीको उच्च पहाडि क्षेत्रमा शनिबार रातीको बेमौसमी हिमपातले हिउँदेबाली सखाप पारेको छ । धवलागिरी, मालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाको माथिल्लो क्षेत्रमा भारी हिमपात भएको छ । बेमौसममा भएको हिमपातले गहुँ, जौ, उवा, केराउलगायत हिउँदे बाली नष्ट गरेको धवलागिरी गाउँपालिका १ गुर्जाका प्रेम छन्त्यालले बताए ।

गुर्जामा दुई फिट बाक्लो हिउँ जमेको छ । यो वर्ष नवौं पटक हिमपात भएको उनले बताए । बाला लागेको गहुँ, जौ र उवाको बोट हिउँले ढलाएर नष्ट गरेको मालिका ५ देविस्थानका बालकुमार फगामीले बताए ।

धवलागिरी गाउँपालिकाको गुर्जा, लुलाङ, मुना, मुदी, मल्कवाङ, मराङ, मच्छिम, काफलडाडा, मालिकाको देविस्थान, छाप, ओखरबोट, रुम, निस्कोट, मंगलाको किमचौर, झाँक्रेपानीलगायतका ठाउँमा हिमपात भएको छ ।

यसैगरी रघुगंगा गाउपालिकाको कुइनेमंगले, अन्नपूर्णको राम्चे, नागी, शिख, घोडेपानी, नारच्याङको लेकगाउमा हिउँ परेको छ ।

भोकमरीको जोखिम
धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले हिमपातले ७५ प्रतिशत हिउँदेबालीमा क्षत्ति पुगेको बताइन् । ुप्रमुख खाद्यबालीनै नष्ट गरेपछि कृषक निराश भएका छन्, ुउनले भनिन्, ुबालामा दाना पुष्टिन लागेको बेलामा हिउँले बोट ढलाएपछि कृषकको मेहनत खेर गएको छ । भोकमरीको जोखिम बढेको छ ।ु

कृषि ज्ञान केन्द्र म्याग्दीको तथ्याङ्कअनुसार म्याग्दीको तीन हजार ६२ हेक्टर क्षेत्रफलमा गहुँ, ३०४ हेक्टरमा जौ र १९० हेक्टरमा उवा खेती हुन्छ । वार्षिक छ हजार ५६५ मेट्रिक्टन गहुँ, ३९५ मेट्रिक्टन जौ र २४० मेट्रिक्टन उवा उत्पादन हुने कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

वडामा खटिएका कृषि प्राविधिकलाई परिचालन गरेर हिउँले खेतीबालीमा पुर्‍याएको क्षतिको विवरण संकलन सुरु गरेको कृषि ज्ञान केन्द्रका प्रमुख गोविन्दराज कोइरालाले बताए । ुसबैभन्दा बढी धवलागिरी गाउँपालिकामा क्षति गरेको सूचना आएको छ,ु उनले भने,ुकृषि प्राविधिकलाई क्षतिको विवरण संकलनमा खटाएका छौं।ु

गुर्जामा विद्युत अवरुद्ध

हिउँले विद्युतका पोल ढलाएपछि गुर्जामा विद्युत आपूर्ति बन्द भएको वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताए । घुर्मखोला लघुजलविद्युत परियोजनाको विद्युतगृहदेखि गाउँको बीचमा छ वटा पोल हिउँले ढलाएको छ । २५० घरधुरीले सो परियोजनाबाट विद्युत सुविधा उपभोग गर्दै आएका थिए । भौगोलिक रुपमा विकट क्षेत्रमा पर्ने गुर्जामा हिउँ परेपछि छिमेकी गाउँमा आवत जावत समेत बन्द भएको छ ।

ुचैतमा हिउँ परेको यो पहिलो पटक होला,ु वडा अध्यक्ष छन्त्यालले भने,ुपटक पटक हिमपात हुँदा विकास निर्माणको कामलाई समेत असर गरेको छ ।ु गुर्जाको जनकल्याण माविको भवनको छानो भत्कीएको छ । गाई, भैसी, भेडा(बाख्रालाई आहराको अभाव भएको छ ।


प्रकाशित मिति: आइतबार, चैत २, २०७६  १८:५१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP