शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
अन्तर्राष्ट्रिय
  • गृहपृष्ठ
  • बेनीमा खाद्यान्नको उपलब्धता र आपुर्तिका विषयमा छलफल
बेनीमा खाद्यान्नको उपलब्धता र आपुर्तिका विषयमा छलफल
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, चैत २०, २०७६
IMG_8142

बेनी,विहिबार चैत २० गते । नोभल कोरोना भाइरस (कोभिड –१९) रोकथामका लागि गरिएको लकडाउनका कारण म्याग्दीमा हुन सक्ने सम्भावित खाद्यान्न अभावको समस्यालाई समाधान गर्न सरोकारवालाहरुबीच बुधबार बेनीमा छलफल भएको छ ।

म्याग्दी उद्योग वाणिज्यले आयोजना गरेको छलफलमा जनप्रतिनिधि प्रशासन, सुरक्षा अधिकारी, घरेलु तथा साना उद्योग कार्यालय, स्थानीय तह र ब्यापारीहरुको उपस्थिति थियो ।

छलफलपछि म्याग्दीमा कम मात्रामा उपलब्ध रहेको खाने तेल, ग्याँस र नुनको आपुर्ति गराएर सम्बन्धित डिलरहरुले प्रशासनसंग सहकार्य गरेर बजारमा बिक्री वितरण गर्ने निर्णय भएको म्याग्दी उद्योग वाणिज्य संघका महासचिव लीलाराम गौतमले बताउनुभयो ।

गण्डकी प्रदेशका सांसद बिनोद केसीको उपस्थितिमा बसेको बैठकको सहजिकरण म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यले गर्नुभएको थियो । सहभागिहरुले बजारमा नुन, तेल र ग्यासको अभाव हुनुका साथै खाद्यान्न पदार्थको मूल्यमा समेत बढेको पाइएकाले त्यसलाई नियमन गर्नुपर्ने बताएका थिए ।

अध्यक्ष कर्माचार्यले म्याग्दीमा हाल उपलब्ध चाम, नुन, तेल, दाल, चिनी र इन्धनको स्टकको अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो । चामल बेनी नगरपालिकामा १० हजार २९३ बोरा, नुन ५४३ बोरा, एक ६१७ कार्टुन खानेतेल, २८८ बोरा दाल, ५२५ बोरा चिनी, ८ हजार लिटर पेट्रोल, तीस हजार लिटर डिजेल र तीन हजार लिटर मट्टितेल उपलब्ध रहेको जानकारी गराइएको थियो ।

रघुगंगामा २५० बोरा, अन्नपूर्णमा २००, धवलागिरीमा २०० र मालिकामा १५० बोरा चामल स्टक रहेको जानकारी गराएका थिए । खाद्यान्न पसल र ढुवानीमा लकडाउनको प्रभाव नपरेपनि उद्योगमा कर्मचारीले कोरोनाको त्रासले काम गर्न छाडेकाले उत्पादनसंगै बजारमा आपुर्ति घटेको बताइएको थियो ।

उपभोक्तासंग र ब्यापारीसंग भएको स्टक चामलले अबको एक महिनासम्मा मात्र धान्न सक्ने विश्लेषण गरिएको छ । गहुँ, उवा लगायत हिउदे बालीमा माथिल्लो क्षेत्रमा हिमपातले असर गरेको, धान, कोदो लगायत बाली खेती कम भएको बताइएको छ ।

सम्भावित भोकमरीको अवस्थालाई टार्न र स्थानीय तह मार्फत विपन्न मजदुरहरुलाई वितरण गरिने राहतका लागि समेत थप सामान आयात गर्न पहल गर्नुपर्ने सहभागिको भनाई थियो । प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले अभाव हुन नदिने गरी आपुर्ती गर्न प्रदेश सरकार र संघीय सरकारका माथिल्लो निकायमा पहल गरिने बताउनुभयो ।


प्रकाशित मिति: बिहीबार, चैत २०, २०७६  ०९:३७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP