शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
अन्तर्राष्ट्रिय
  • गृहपृष्ठ
  • रघुगंगा गाउँपालिका अध्यक्ष भण्डारीद्धारा दुई लाख ५१ हजार घरभाडा छुटको घोषणा
रघुगंगा गाउँपालिका अध्यक्ष भण्डारीद्धारा दुई लाख ५१ हजार घरभाडा छुटको घोषणा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, चैत २२, २०७६
IMG_8730

बेनी ,शनिबार चैत २२ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले एक महिनाको घरभाडा छुटको घोषणा गर्नुभएको छ । अध्यक्ष भण्डारीको नाममा काठमाण्डौं ,बेनी नगरपालिका ,जलजला गाउँपालिकामा रहेका घरहरु र जग्गा भाडामा लिएर व्यापार व्यवसाय संचालन गरेका तथा घरभाडामा बस्नेहरुको १ महिनाको घरभाडा छुट गर्ने घोषणा गर्नुभएको हो ।


म्याग्दीको बेनी नगरपालिका–८मा रहेका २ ,पर्वतको जलजला गाउँपालिका–२ बगरफाँटमा रहेका २ र काठमाण्डौ स्थित टोखा नगरपालिकामा रहेको १ घरमा व्यापार ब्यवसाय गर्दै आएका र कोठा भाडामा बस्दै आएकाहरुलाई एक महिना बापतको दुई लाख ५१ हजार रुपैयाँ घरभाडा छुट गरिएको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

पर्वतबेनी कालिपुल नजीकै रारा अटोपार्टसलाई भाडामा लगाएको आफ्नो जग्गाको समेत एक महिनाको घाडा नलिने उहाँले बताउनुभयो ।विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनबाट प्रभावित व्यवसायी तथा घरभाडामा बसेकाहरुलाई घरभाडा छुटले राहत हुने उहाँको अपेक्षा छ । ‘लकडाउनका कारण व्यापार व्यवसाय थप्प भएका छन्,घरभाडामा बसेकाहरु पनि थप समस्यामा छन् ,यस्तो समयमा भाडा लिनु न्यायोचित नहुने थानेर घरभाडा मिनाहा गर्ने घोषणा गरेको हुँ’,उहाँले भन्नुभयो ।

अध्यक्ष भण्डारीले कोरोना लकडाउनको कारण समस्यामा परेका रघुगंगा गाउँपालिकाका बासिन्दाहरुको लागि व्यक्तिगत रुपमा रु ४ लाख रुपैयाँ बराबरको खाद्यान्न वितरण गर्न सुरु गरेको बताउनुभयो । गाउँपालिकाका सबै वडामा गरिब विपन्न र ज्यालामजदुरी गरि खाने बर्गलाई लक्षित गरि हरेक वडामा पुगेर खाद्यान्न वितरण गरिने अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

यस अघि गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि तीस लाख रुपैयाँँको आकस्मिक कोष स्थापना गरेको छ । तत्कालिन प्रमुख प्रशासकिय अधिकृतको सरुवा भएपछि अहिले गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत विहिनको अबस्थामा रहेको कारण आर्थिक कारोबारमा समस्या भएकाले प्रमुख जिल्ला अधिकारी र संघिय मामिला मन्त्रालयमा ध्यानकर्षण गराएको अध्यक्ष भण्डारीले बताउनुभयो ।


प्रकाशित मिति: शनिबार, चैत २२, २०७६  ०९:२३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP