शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • मिस्त्रीखोला जलविद्युत आयोजनामा कार्यरत मजदुर आन्दोलीत
मिस्त्रीखोला जलविद्युत आयोजनामा कार्यरत मजदुर आन्दोलीत
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, चैत २५, २०७६
andolit2

सन्तोष गौतम

म्याग्दी ,मंगलबार चैत २५ गते । म्याग्दीको अन्नपूर्ण गाउपालिका–४ नारच्याङमा निर्माणको अन्तिम चरणमा पुगेको मिस्त्रीखोला जलविद्युत आयोजनाको ठेकेदार कम्पनी विरुद्ध मजदुरहरु आन्दोलीत भएका छन् ।

तस्बिर : वडा अध्यक्ष ओम फगामीको फेसबुकबाट साभार

रोवष्ट इनर्जी प्रा.ली.प्रर्वद्धक रहेको ४२ मेगावाट क्षमताको मिस्त्रीखोलाको सिभिल ठेकेदार हाई हिमाल कन्ट्रक्सनका मजदुर आन्दोलनमा उत्रिएका हुन् । लकडाउनको समयमा घर नपठाएको, बिरामी मजदुरको उपचार नगरेको, घरमा आफन्तको मृत्यु हुदा समेत किरीया जान नदिएको र ज्याला नदिएको मजदुरहरुले बताएका छन् ।

तस्बिर : वडा अध्यक्ष ओम फगामीको फेसबुकबाट साभार

आन्दोलीत दुई सय जना भन्दा धेरै मजदुरहरुले शनिबार दिनभर आयोजनाको प्रर्र्वद्धक रोवष्ट इनर्जीको नारच्याङ बेशीगाउमा रहेको साइट कार्यालय घेराउ र नाराबाजी गरेका छन् । कोरोनाको जोखिमका कारण २५ जना भन्दा बढी एकै ठाउँमा भेला नहुन सरकारले आग्रह गरेपनि संयौ मजदुरहरुको भिड लागेको थियो ।

प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, प्रहरी नायव उपरिक्षक किरनजंग कुवर, वडा अध्यक्ष चन्द्रप्रकाश फगामी, रोवष्टका प्रतिनिधि चुडामणी निरौलाले ठेकेदार कम्पनीका आयोजना व्यवस्थापक तिलक रानालाई मजदुरको समस्या सम्बोधन गराउने प्रतिवद्धता जनाउन लगाएपछि वातावरण साम्य भएको थियो ।

ठेकेदारले ७५ दिनको ज्याला नदिएको मजदुरहरुले बताएका छन् । ठेकेदारकै वेवास्ताका कारण लकडाउनको समयमा घर जान नपाएको उनिहरुको दुखेसो छ । बिरामी भएका मजदुरले उपचार र आफन्तको मृत्यु भएको बेलामा किरीया गर्न समेत जान नदिएका कारण बाध्य भएर ठेकेदार विरुद्ध आन्दोलनमा उत्रनुपरेको मजदुरहरुले बताएका छन् ।

कैलाली र इलामका मजदुरहरु धेरै छन् । केही मजदुर आयोजनाको काम छाडेर घर गएपनि दुई सय भन्दा बढी मजदुर क्याम्पमै बसेका थिए । उनिहरुलाई लकडाउनको समयमा खान बस्नका लागि ठेकेदारले वेवास्ता गरेको गुनासो गरेका छन् ।

प्रजिअ ढकालले मजदुरको समस्या र गुनासोप्रति गम्भिर भएर सुनुवाई नगरे कारबाही गर्ने चेतावनी दिएपछि आयोजना व्यवस्थापक राना लचक भएर प्रस्तुत भएका थिए । सवारी पास नदिने गृह मन्त्रालयको निर्देशनपछि पास जारी गर्न नसकिने तर सरकारको निर्णय अनुसार सुरक्षाको उपाय अपनाएर आयोजनाको काम गर्न ठकेदार, मजदुर र आयोजनालाई प्रजिअ ढकालले आग्रह गर्नुभयो ।

रोवष्ट इनर्जीका प्रतिनिधि निरौलाले ठेकेदार हाइ हिमालको व्यवस्थापकीय कमजोरी र लापरबाहीका कारण आयोजनाले बदनामी ब्यहोर्नुपरेको गुनासो गर्नुभयो । आयोजनाको पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको आयोजनाले बाँध र टनेल परिक्षण गरिरहेको छ । विद्युतगृहमा उपकरण जडान गरेर परिक्षणको तयारीमा छ ।
बैशाख महिनाभित्र आयोजना सञ्चालन गर्ने लक्ष्य थियो । गत बैशाख अन्तिम हप्ता दुई हजार २७०.५ मिटर सुरुङको ब्रेक थ्रु भएको थियो । सन। २०१६ को जुन १३ मा आयोजनाको सुरुङ निर्माणको काम सुरु भएको थियो । बाँधतर्फबाट ९२६ मिटर र आउटलेटबाट एक हजार तीन सय ४४ दशमलब पाँच मिटर सुरुङ खनेको छ ।

नारच्याङको बेशीगाउँ स्थित कालीगण्डकी नदीको बायाँ किनारमा विद्युतगृह निर्माण गरेको छ । निलगिरि र घलेम्दी खोलाको दोभानमा २३ मिटर अग्लो बाँध निर्माण गरेर परिक्षण समेत गरेको छ । पहाडभित्र १३५ मिटर सुरुङ खनेर खोलाको पानीलाई डाईभर्सन गराएर बाँध निर्माण गरिएको हो । मिस्त्रीखोलाको पानी थिग्राउने पोखरी (क्यानल)भूमिगत हो ।

पहाड भित्र ११५ मिटर लम्बाई, ८.५ मिटर चौडाई र १३ मिटर गहिराई भएको २ वटा बालुवा थिग्राउने भूमिगत पोखरी बनाइएको छ । आउटलेट देखि बाँधसम्म एक हजार ५०० मिटर दुई मिटर गोलाईको पेन स्टक पाईप जडान भएको छ ।आयोजनाले नारच्याङ बेशीगाउँदेखि बाँधसम्म पुग्ने ६ किलोमिटर सडक र तिन वटा बेलीब्रिज निर्माण गरेको छ । पाँच अरब ६४ करोड रुपैयाको लागत अनुमान गरिएको आयोजना स्वदेशी लगानीमा निर्माण हुन लागेको हो ।


प्रर्वद्धक बाहेक नेपाल ईन्भेष्टमेन्ट बैङ्कले ७० करोड, जलविद्युत विकास कम्पनीले एक अरब र नेपाल बैंकले ५० करोड रुपैयाँ ऋण लगानी गरेका छन् । यसैगरी नविल बैंकले एक अरब, लक्ष्मी बैंकले ४० करोड, सिद्धार्थ बैंकले ३० करोड र एस डेभलभमेन्ट बैंकले ३० करोड ऋण लगानी रहेको छ ।
विद्युत विकास विभागले २०६४ मा जनेरेशन लाइसेन्स (निर्माण अनुमती) दिएको थियो । नेपाल विद्युत प्राधिकरणले २२० केभी कालीगण्डकी करिडोर प्रशारण लाइन र दाना सब स्टेशन बनाउन ढिलाई गर्दा आयोजना नौ वर्ष पछि धकेलिएको हो ।
मिस्त्रीखोला म्याग्दीमा हालसम्म निर्माण भएका र निर्माणाधिन अवस्थामा रहेका मध्य सबैभन्दा ठूलो आयोजना हो । नारच्याङमा २ मेगावाट क्षमत्ताको तातोपानी साना जलविद्युत आयोजना सञ्चालनमा छ । ५ मेगावाटको घलेम्दीखोलाले माघ महिनादेखि उत्पादन सुरु गरेको छ ।


प्रकाशित मिति: मंगलबार, चैत २५, २०७६  ११:२०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP