शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • दुई गाउँपालिकाद्धारा प्रवेशद्धारमा स्वास्थ्य सहायता कक्ष स्थापना
दुई गाउँपालिकाद्धारा प्रवेशद्धारमा स्वास्थ्य सहायता कक्ष स्थापना
Suren Gurung
Suren Gurung बुधबार, चैत २६, २०७६
galeshwar ra tiplyang 7

बेनी ,बुधबार चैत २६ गते ।
म्याग्दीका दुई गाउँपालिकाले संयुक्त रुपमा प्रवेशद्धारमा स्वास्थ्य सहायता कक्ष स्थापना गरेका छन् । जिल्लाको रघुगंगा गाउँपालिकाले बुधबार वडा नं ३ स्थित प्रवेशद्धार गलेश्वरमा भने रघुगंगा र अन्नपुर्ण गाउँपालिका र रघुगंगा गाउँपालिकाले संयुक्त रुपमा रघुगंगा गाउँपालिका–१ स्थित टिप्ल्याङ्गमा स्थास्थ्य सहायता कक्ष स्थापना गरेको समाजसेवी केबी भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुई गाउँपालिकाका अध्यक्ष ,प्रमुख प्रशासकीय अधिकृत ,वडा अध्यक्ष ,समाजसेवी ,प्रहरी र स्वास्थ्यकर्मीको उपस्थितीमा सो कक्षको स्थापना गरिएको हो । दुई गाउँपालिका प्रवेश गर्दा चालक ,सहचालक र यात्रुहरुलाई ईन्फारेट थर्मोमिटर गनलगायतबाट ज्वरो तथा अन्य रोगको परिक्षण गर्ने व्यवस्था मिलाइएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले जानकारी दिनुभयो ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९)को जोखिम रोकथाम तथा गाउँपालिकामा भित्रन नदिनका लागि सहायता कक्ष स्थापना गरिएको उहाँले बताउनुभयो । गाउँपालिका प्रवेशद्धारा मध्य दुईमा बुधबार स्थापना गरिएको र झिँको प्रवेशद्धारमा विहिबार स्थापना गरिने रघुगंगा गाउँपालिकाका अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

अन्नपुर्ण गाउँपालिकाको मुख्य प्रवेशद्धार टिप्ल्याङ्गमा रघुगंगा गाउँपालिकाको सहकार्यमा संयुक्त रुपमा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डम बहादुर गर्बुजा पुनले बताउनुभयो । उहाँले टिप्ल्याङ्ग अन्नपुर्ण गाउँपालिका संगै मुस्ताङ्ग जिल्ला समेतको प्रवेशद्धार भएकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सहायता कक्षले सहयोग पुग्ने अध्यक्ष क्याप्टेन गर्बुजा पुनले विश्वास व्यक्त गर्नुभयो ।

दुई गाउँपालिकाका अध्यक्षद्धय भण्डारी र गर्बुजा पुन ,अन्नपुर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन सुवेदी ,रघुगंगा गाउँपालिका–८ का अध्यक्ष गमान छन्त्याल ,वडा नं १ का अध्यक्ष बिल बहादुर फगामी ,समाजसेवी भण्डारी ,स्वास्थ्यकर्मी लगायतको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: बुधबार, चैत २६, २०७६  २१:२०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP