शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
अन्तर्राष्ट्रिय
  • गृहपृष्ठ
  • कोरोना लक्षणका विरामीको स्वास्थ्य उपचारमा ५० हजार रुपैयाँको औषधी सहयोग गर्ने थापा दम्पत्तीको घोषणा
कोरोना लक्षणका विरामीको स्वास्थ्य उपचारमा ५० हजार रुपैयाँको औषधी सहयोग गर्ने थापा दम्पत्तीको घोषणा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, चैत २७, २०७६
tejendra thapa

बेनी ,विहिबार चैत २७ गते । म्याग्दीको धवलागिरी गाउँपालिकाका एक दम्पत्तीले कोरोना लक्षणका विरामीको स्वास्थ्यउपचारका लागि ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ । जिल्लाको धवलागिरी गाउँपालिका–७ ताकम,धारापानी निवासी नेपाली कांग्रेस, म्याग्दी क्षेत्र नं ख का कोषाध्यक्ष एवम् समाजसेवी तेजेन्द्र थापा र उहाँकी श्रीमती बिष्णुकुमारी थापाले गाउँपालिका भित्रका कुनैपनि कोरोना भाइरस लक्षणका विरामी देखिएमा उनिहरुहरुकाे स्वास्थ्य उपचारका लागि पचास हजार रुपैयाँ बराबरको औषधी सहयोग गर्ने घोषणा गर्नुभएको हो ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)लक्षण देखिएका विरामीहरुलाई गाउँपालिकाको समन्वय तथा स्वास्थ्यकर्मीको सहकार्यमा विरामीलाई उपचार गर्ने व्यवस्थापन गर्ने उहाँले बताउनुभयो । क्वारेन्टाइनमा बसेकाहरुलाई ज्वरो,रुघाखोकी तथा विभिन्न स्वास्थ्य समस्या देखिएमा औषधी सहयोग गर्ने थापा दम्पत्ती घोषणा गर्नुभएको छ । गाउँपालिका भित्र बसोबास गर्ने गरिब तथा विपन्न परिवार गाउँपालिकाले राहत सहयोग गरेको बताउहुँदै आफुहरुले राहत संगै स्वास्थ्य उपचारका लागि औषधी उपलब्ध गराउने निधो गरिएको थापा दम्पत्तीको भनाइ छ ।

‘गाउँपालिका भित्र कोरोना संक्रमित तथा कोरोना लक्षणका विरामी देखिएमा स्वास्थ्यकर्मीको सहकार्य तथा गाउँपालिकाको समन्वयमा विरामीको स्वास्थ्य उपचारमा लाग्ने पचास हजार रुपैयाँ मुल्य बराबरको औषधी निशुल्क उपलब्ध गराउने घोषणा गरेका छौं’ थापा दम्पत्तीले भन्नुभयो,‘अहिलेसम्म गाउँपालिकाले स्थापना गरेका सबै क्वारेन्टाइनमा बसेकाहरुमा कसैलाई पनि त्यस्तो कोरोना संक्रमनकाे लक्षण देखिएको छैन्,यो हाम्रो लागि खुशिको कुरा हो ।’

यसअघि बैदेशीक रोजगारीको शिलशिलामा मकाउ ,बहराइन लगायत विभिन्न देशमा १७ बर्ष बढी समय विताएर घर आउनुभएका थापा जिल्लाको धार्मिक स्थल ताकमकोट मन्दिर निर्माण समितिका अध्यक्ष समेत हुनुहुन्छ । बिषम परिस्थितीमा सहयोग गर्न थापा दम्पत्तीले सबैलाई आग्रह गर्नुभएको छ ।


प्रकाशित मिति: बिहीबार, चैत २७, २०७६  २२:१०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP