शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीमा ¥यापिड टेष्ट सुरु ,पहिलो चरणमा ३३ जनाको रिपोर्ट नेगेटिभ
म्याग्दीमा ¥यापिड टेष्ट सुरु ,पहिलो चरणमा ३३ जनाको रिपोर्ट नेगेटिभ
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, चैत २९, २०७६
myagdi,rapid test 3

म्याग्दी ,शनिबार चैत २९ गते । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोभल कोरोना भाइरस (कोभिड–१९)को म्याग्दीमा र्‍यापिड टेस्ट सुरु भएको । जिल्लास्तरीय कोभिड–१९ कमाण्ड पोस्टको बैठकले निर्णय गरी चैत महिनामा विदेशबाट फर्किएका सबै प्रवासी म्याग्देलीहरुको र्‍यापिड टेस्ट सुरु गरिएको हो । शनिबार पहिलो दिन बेनी नगरपालिका भित्रका ३३ जनाको र्‍यापिड टेस्ट गरिएकोमा उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

तीमध्ये ६ जनाको स्वाब सङ्कलन गरी थप परीक्षणका लागि पोखरा पठाइएको उहाँले जानकारी दिनुभएको छ । यसअघि स्वाब परीक्षण गर्नका लागि म्याग्दीबाट पठाइएको चारै जनाको रिपोर्ट पनि नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

गएको १ महिनादेखि विदेशबाट आएका म्याग्देलीहरुको र्‍यापिड टेस्ट सुरु गरिएको हो । शनिबारदेखि बेनी नगरपालिकाबाट र्‍यापिड टेस्ट सुरु गरिएको छ भने त्यसपछि क्रमशः सबै गाउँपालिकाहरुमा र्‍यापिड टेस्ट गरिने भएको छ ।

स्वास्थ्य कार्यालय प्रमुख लम्सालका अनुसार आइतबार मालिका र धवलागिरी गाउँपालिकाको दरबाङमा र्‍यापिड टेस्ट गरिनेछ । यसैगरी वैशाख १ गते मङ्गला गाउँपालिकाको बाबियाचौर, २ गते अन्नपूर्णको पोखरेबगर र ३ गते रघुगङ्गा गाउँपालिकाको मौवाफाँटमा र्‍यापिड टेस्ट गरिने कार्यक्रम तय गरिएको छ ।

जिल्लामा विदेशबाट फर्किएका र क्वरेण्टीनमा बसेका झण्डै एक सय जनाको र्‍यापिड टेस्ट हुने भएको छ । चैत महिनामा विदेशबाट आएकामध्ये म्याग्दीको बेनी नगरपालिकामा ३६, रघुगङ्गा गाउँपालिकामा ३४, अन्नपूर्णमा १५, धवलागिरीमा १५ र मालिकामा ११ जना रहेको तथ्याङ्क छ । र्‍यापिड टेस्टका लागि गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयबाट म्याग्दी जिल्लालाई दुई सय २० थान टेस्टकिट प्राप्त भएको बेनी अस्पतालका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिनुभयो ।


प्रकाशित मिति: शनिबार, चैत २९, २०७६  २२:०७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP